आदरणिय स्वास्थ्यकर्मी साथीहरु, नेपाल स्वास्थ्यकर्मी संघको विधान २०५० (२०६९ आश्विन १२ र १३ गते सम्पन्न राष्ट्रिय परिषदद्वारा संशोधित) अनुसार जिल्ला अधिवेशन भएको २ वर्ष पछि जिल्ला परिषद गर्नु पर्ने व्यवस्था भए बमोजिम यहि २०७० वैशाख भित्र नेपाल स्वास्थ्यकर्मी संघ कैलालीको जिल्ला परिषद÷सम्मेलन सम्पन्न हुन गैरहेको व्यहोरा सहर्ष जानकारी गराउदै उक्त परिषदमा निम्न अनुसारका क्रियाकलाप समावेश गरिने भएकोले संगठन सुदृढिकरणमा तथा यसका उदेश्यहरु प्राप्ति गर्नमा नेपाल स्वास्थ्यकर्मी संघ प्रति आस्थावान सम्पुर्ण साधारण सदस्य, क्रियाशिल सदस्य तथा शुभचिन्तक ज्युहरुमा आआफ्नो क्षेत्रबाट सहयोगको लागि हार्दिक अनुरोध गर्दछौ । जिल्ला परिषद ÷सम्मेलनमा समावेश गरिने क्रियाकलापहरु १. नेपाल स्वास्थ्यकर्मी संघ कैलालीको मिति २०६७।६।१६ गते भएको दोश्रो जिल्ला अभिवेशन पछि हाल सम्मका गतिविधीहरुको समिक्षा तथा छलफल । २. नेपाल स्वास्थ्यकर्मी संघ, कैलालीको सांगठनीक तथा राजनैतिक अवस्था सवल तथा सुदृढिकरण गर्नको लागि आगामी दिनहरुमा अपनाउनु पर्ने रणनिति तथा संचालन गर्नुपर्ने गतिबिधिहरुको बारेमा छलफल तथा सुझाव संकलन । ३. स्वास्थ्यकर्मीहरुका पेशागत हकहित तथा समस्या र चुनौतिहरुको वारेमा छलफल तथा सुझाव संकलन । ४. स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ तथा प्रभावकारी बनाउनकोलागि स्वास्थ्यकर्मीहरुले खेल्नुपर्ने भुमिकाको बारेमा छलफल तथा सुझाव संकलन । ५. २०६९ आश्विन १२ र १३ गते चितवनमा सम्पन्न राष्ट्रिय परिषदद्वारा संशोधित विधान अनुसार मौजुदा जिल्ला कार्य समितिमा रिक्त रहेका पदहरुमा पदाधिकारी तथा जिल्ला सदस्यहरु चयन गरि थप गरेर जिल्ला कार्य समितिलाई थप सवल र समावेशी वनाउने जसले गर्दा महिला, दलित, जनजाती, आदिवासी, मधसी, मुस्लीम, अल्पसंख्यकको साथसाथै गैर सरकारी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको समेत प्रतिनिधित्व को सुनिश्चिता हुनेछ । नोटः २०६९ आश्विन १२ र १३ गते चितवनमा सम्पन्न राष्ट्रिय परिषदद्वारा संशोधित विधान अनुसार जिल्ला कार्य समिति, केन्द्रिय प्रतिनिधि, क्षेत्रिय प्रतिनिध लगायतका पदहरुमा उमेदवार हुन अनिवार्य रुपमा सक्रिय सदस्यता लिनुपर्ने व्यवस्था भएकोले सोहि अनुसार सदस्यता लिन तथा वितरण गर्नमा सहयोग गर्नुहुन अनुरोध छ । संगठनलाई सुदृढीकरण गर्न तथा जिल्ला परिषद लाई सफल र परिणाममुखी बनाउन प्रत्येकको सामुहिक प्रयासको आवस्कता पर्ने भएकोले साधारण तथा क्रियाशिल सदस्यता विस्तारमा समेत यस संघमा आवद्ध स्वाथ्यकर्मी, तथा शुभचिन्तक साथीहरुमा हार्दिक अनुरोध गर्दछौ । धन्यवाद, नेपाल स्वास्थ्यकर्मी संघ कैलाली