जनताका मनको कुरा बोल्ने नेता - गणेशमान सिंह नेपालमा संघर्षपूर्ण गाथा बोकेका थोरै नेतामध्ये गणेशमान सिंह एक हुनुहुन्छ । परिवारका सबै सदस्य तत्कालीन राणाहरूसँग निकट हुँदा-हुँदै पनि उहाँले परिवारसँग विद्रोह गर्नुभयो र राणाशासनविरुद्ध खडा हुनुभयो । जीवनको अन्तिम क्षणसम्म पनि उहाँले हामीलाई जनताको मुक्तिका लागि लड्न प्रेरित गरिरहनुभयो । नेपाली इतिहासमै संघर्षपूर्ण गाथा बोक्नुभएका उहाँसँग मेरो रगतको नाता छ । उहाँ मेरा बुबा हुनुहुन्थ्यो । सबै नेपालीसँग बुबा (गणेशमान)को भावनात्मक र स्वतन्त्र आन्दोलनको नाता गाँसिएको छ ।
विसं १९९७ देखि २०४६ सम्मलाई फर्केर हेर्दा बुबाले प्रजातान्त्रिक पद्धति र जनताको मुक्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्नुभएको थियो । तत्कालीन राणा शासनको अन्त्यसँगै सबै नेपालीलाई रैतीबाट नागरिक बनाउन बुबाले पुर्याउनुभएको योगदान साह्रै महत्त्वपूर्ण छ । जनताको स्वतन्त्रता र प्रजातन्त्रविरुद्ध कुनै पनि शक्तिसँंग बुबाले कहिल्यै सम्झौता गर्नुभएन, न झुक्नुभयो । राणा शासनविरुद्ध लागेका कारण उहाँलाई विसं १९९७ सालमा तत्कालीन सरकारले गिरफ्तार गरी कठोर याताना दिएको थियो ।
राणाशासनको वेला पनि उहाँ(गणेशमान सिंह) को बाजे वडाकाजी रत्नमान, गुञ्जमान सिंहलगायत सबै परिवारको राणाहरूसँग निकै राम्रो सम्बन्ध थियो । जनताको छोरा त्यतिवेला सबैभन्दा माथि हुने भनेको बडाकाजी हो । बडाकाजीकै नाति हुनुहुन्थ्यो गणेशमान । राणाहरूले आफ्ना बाबु-बाजेलाई दिएको सम्मान पनि उहाँलाई मन परेन र परिवारसँग समेत विद्रोह गर्नुभयो । जनताको पक्षमा सारा जीवन लगाउने अठोट गर्नुभयो । उहाँलाई त्यतिवेला नपुग्दो केही थिएन । सायद राणाहरूको गुनगान गाएर बसेका भए उहाँलाई पनि बाजेहरूलाई जस्तै सम्मान मिल्थ्यो । तर सान, मान, आराम सबै छोडेर उहाँ आफ्नो सिद्धान्त र निष्ठाका लागि राणाहरूका विरुद्ध लाग्नुभयो ।
१९९७ मा नै जेल पर्नुभएका उहाँ २००१ सालमा भद्रगोल (केन्द्रीय) कारगारबाट पर्खाल नाघी भाग्नुभएको थियो । केन्द्रीय कारागारको दुई-दुईवटा पर्खाल नाघेर जेल तोड्नु चानचुने कुरा थिएन । वर्षांको योजनापछि उहाँ जेल तोड्न सफल भएको हामीलाई सुनाउने गर्नुहुन्थ्यो । तत्कालीन सरकारले वर्षको एकपटक लगाउन दिएको धोती संकलन गरेर त्यसको सहारामा जेल तोडेको हामीले सुनेका थियौंँ । जेल बस्नुभन्दा निर्वासमा बसेर राणाविरुद्ध संगठन गर्नसके राणाशासनविरुद्ध लड्न सजिलो हुन्छ भन्ने उहाँ -गणेशमान सिंह) को बुझाइ थियो ।
विसं २००१ सालमा जेलका दुई पर्खाल नाघेर भाग्न सफल भएपछि उहाँ सीधै बनारसमा बिपी कोइराला भएको ठाउँमा जानुभयो । बुबाले कोइरालासँग मिलेर बनारसमै नेपाल राष्ट्रिय कांग्रेस गठन गर्नुभयो । फेरि केही समयपछि प्रजातान्त्रिक कांग्रेससँग मिलेर नेपाली कांग्रेस गठन गर्नुभयो । दुई कांग्रेसको एकीकरणपछि २००७ सालको क्रान्तिको नेतृत्व गर्यो नेपाली कांग्रेसले ।
उहाँ हामीलाई सधैं राजनीतिक 'फ्रिडम'विना मानव विकास सम्भव छैन भन्नुहुन्थ्यो । त्यही विश्वासले उहाँ (त्रिभुवन, महेन्द्र र वीरेन्द्र) तीनजना राजाहरूसँग लड्नुभयो । त्यसैको परिणति हो २०४६ को जनआन्दोलन । यसले जनतालाई पूर्ण रूपमा स्वतन्त्र बनायो ।
२००७ सालको परिवर्तनपछि बिपी कोइरालाको नेतृत्वमा बनेको पहिलो जननिर्वाचित सरकारमा समेत उहाँ (गणेशमान सिंह) मन्त्री भइसक्नुभएको थियो । उहाँ एउटै प्रतिबद्धतामा निरन्तर निडर हिँडिरहने व्यक्ति हो । ६० वर्षे लामो राजनीतिक यात्रामा उहाँले १५ वर्षभन्दा बढी समय त जेलमै बिताउनुभएको थियो । त्यति नै समय उहाँले निर्वासित जीवन बिताउनुभयो ।
जनताको छोरो । त्यो पनि राणाहरूकै संगतमा हुर्केको मान्छे शासकको विरुद्धमा लाग्नु चानचुने कुरा थिएन । राणाहरू कतिपय मान्छेलाई आन्दोलनमा लागेको भन्दै बयानसमेत लिन्थे रे । त्यसको कति पनि पर्वाह नगरी उहाँ प्रजातन्त्र र जनताको मुक्तिका लागि सधैं लड्नुभयो । राणाहरूको अगाडि कोही पनि टाउको उठाएर बोल्न सक्ने अवस्था थिएन रे त्यसवेला । अहिलेजस्तो कहाँ हो र ? त्यसवेला राणाहरूलाई 'तिमी' भन्ने हिम्मत कसैको थिएन रे । त्यस्तो वेला पनि उहाँ राणाहरूलाई 'तिमी' भनेर सम्बोधन गर्नुहुन्थ्यो रे । जसका कारण राणाहरूले उहाँलाई सयाँं कोर्रा बर्साएका थिए रे ।
राणाहरूले सिंहदरबारभित्र भारदारहाई समेत राखेर कोर्रा हान्थे भनी बुबा हामीलाई सुनाउनुहुन्थ्यो । राणाहरूले उहाँलाई पनि झुन्ड्याउने निर्णय गरेका थिए । २००७ सालको क्रान्तिले उहाँ बाँच्न सफल हुनुभयो ।
पञ्चायत शासनमा पनि उहाँलाई राज्यविरुद्धको अपराधमा मुद्दा लगाइएको थियो । ०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर निर्वासनबाट बिपी कोइराला, उहाँ (गणेशमान सिंह) स्वदेश र्फकंदा उहाँमाथि आधा दर्जन ज्यानमुद्दा लागेका थिए । तर पनि उहाँहरू त्यसको वास्ता नगरी स्वदेश फिर्नुभएको थियो । दक्षिण एसियामा अस्थिरताको हावा बगेको वेला प्रजातन्त्रवादी र राष्ट्रवादी एकै ठाउँमा रहनुपर्छ भनेर देश र्फकनुभएको थियो उहाँहरू ।
२०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रह र २०४६ सालमा त जनआन्दोलन नै भयो । २०४६ मा उहाँकै आह्वान र नेेतृत्वमा राजाविरोधी शक्तिलाई एकत्रित गर्ने काम भयो । कम्युनिस्टहरूलाई पनि कांग्रेसकै छातामुनि ल्याएर २०४६ सालको जनआन्दोलन सफल भएको हो ।
कांग्रेसभित्र पनि आन्दोलनको पृष्ठभूमि उहाँले नै बनाउनुभएको हो । कांग्रेसले जनआन्दोलन गर्ने भएपछि चिरा-चिरामा बाँडिएका कम्युनिस्टहरूलाई उहाँले नै बोलाएर 'तपाईंहरू एउटा मोर्चा बनाउनूस्' भन्नुभएको थियो । यसो गर्दा कोसँग, कतिजनासँग मोर्चा बनाउने भन्ने समस्या भएपछि साहना प्रधानको नेतृत्वमा वाममोर्चाको गठन भएको हो ।
२०४६ सालको जनआन्दोलनको सफलतापछि सहिद मञ्चमा आयोजना भएको सभामा उहाँले 'राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धिलाई सुरक्षित गर्न अब आर्थिक-क्रान्तिको बाटो समाउनुपर्छ' भन्नुभएको थियो । उहाँले त्यसवेला पनि नेपाल बहुभाषी बहुजातीय मुलुक भएकाले सबैमा सन्तुलन कायम गर्नुपर्छ भन्नुभएको थियो । अहिले समावेशको मुद्दा निकै उठेको छ, यो त गणेशमान सिंहले २०४६ सालको राजनीतिक परिवर्तनको लगत्तै उठाउनुभएको थियो । अधिकारबाट वञ्चित गरिएका वर्गलाई स्थान दिनुपर्छ भन्नुभएको थियो । त्यसवेला पनि त्यो पूर्ण हुन सकेन । परिणमा २०६२/०६३ मा अर्को आन्दोलन आवश्यक भयो । उहाँले कांग्रेसको सरकार हुँदा पनि पटक-पटक सन्तुलन कायम गरेर जान भन्नुभएकै हो ।
जुन पार्टी (नेपाली कांग्रेस) उहाँले जन्माउनुभयो, त्यसैमा रहेर लामो समयसम्म संघर्ष गर्नुभयो । उहाँले संघर्षकै वेला जेलबाट भागेर बनारस जाने क्रममा दाजर्लिङमा जेल तोडेको कथा पटक-पटक सुनाएरसमेत आन्दोलनका लागि रकम उठाउनुभएको थियो । उहाँ घटनालाई टुक्राटुक्रा बनाएर रोचक ठाउँमा पुर्याई फेरि अर्को दिन त्यसैलाई निरन्तरता दिनुहुन्थ्यो रे । त्यसरी जेल तोडेको कथा सुनाएर उठेको रकम सबै बिपी कोइरालालाई बुझाउनुभएको थियो ।
उहाँको भाषण सुन्न मानिस त्यतिवेला पनि निकै उत्सुक हुन्थे । भाषण गर्दा उहाँ उखान टुक्काहरू जोडेर निकै रोचकसँग गर्नुहुन्थ्यो । सबैलाई हसाउँदै राजनीति सन्देश दिन सक्ने क्षमता उहाँमा थियो । घन्टांैसम्म पनि भाषण गर्नुहुन्थ्यो गणेशमान । सायद, नेपालको इतिहासमै भद्रगोल जेल तोडेर भाग्ने उहाँ पहिलो नेता हो । जेल तोडेर फरार भएपछि तत्कालीन सरकारले उहाँको नाममा गोरखापत्रमा 'वान्टेड' जारी गरेको थियो । जीवित वा मृत अवस्थामा फेला पार्नेलाई पुरस्कार दिने घोषणा पनि थियो सरकारको । गणेशमान त्यहाँबाट भागेपछि उहाँको सम्झनामा भागेको ठाउँमा टावर थपेको छ । जेलर र त्यहाँका स्नानीय बासिन्दा त्यस टावरलाई गणेश बुर्जा भन्दारहेछन् । जेल तोडेर भाग्नु निकै कठिन काम हो । त्यसका लागि तयारी पनि निकै गर्नुपर्यो रे । उहाँ हुक बनाएर जेलबाट बाहिरिनुभएको थियो ।
उहाँले आफ्नो जीउधन सबै लगाएर जन्माएको पार्टी हो नेपाली कांग्रेस । नेपालमा मात्र नभई दक्षिण एसियामै प्रजातन्त्रका लागि लड्ने पार्टी कांग्रेस हो भनेर उहाँले चिनाउनुभएको हो । २०४६ को आन्दोलनपछि उहाँलाई प्रधानमन्त्रीको प्रस्ताव राजाले गरेका थिए, जनआन्दोलनको कमान्डर भएको नाताले । तर, उहाँले त्यसलाई अस्वीकार गर्नुभयो । राजा वीरेन्द्रले उहाँलाई 'अब मुलुक तपाइर्ंले नै सम्हाल्नू, प्रधानमन्त्री बन्नुहोस्' भन्नुभएको थियो । तर, उहाँले 'मेरो यतिको त्याग र बलिदान म आफू प्रधानमन्त्री बन्न होइन' भन्नुभएको थियो । उहाँलेनै प्रधानमन्त्रीका लागि कृष्णप्रसाद भट्टराईको नाम प्रस्ताव गर्नुभएको हो । इतिहासको पाना पल्टाएर हेर्ने जनताको सिफारिसमा भट्टराईजी जनताको प्रधानमन्त्री बन्नुभयो । अन्यथा राजाले जो चाहे त्यही हुन्थ्यो ।
२०१७ साल पछि धेरै समय जेल बस्ने बिपी , उहाँ(गणेशमान सिंह), देवानसिंह राई, रामनारायण मिश्रहरू हुन् । सच्चा प्रजातन्त्रवादी को हो ? भन्ने विषयमा उहाँहरूको जेलमा बस्दा पनि लामो बहस भएको थियो रे । बहसपछि संघर्ष मात्र होइन, त्यसपछिका दिनमा पनि उसको आचारण प्रजातान्त्रिक हुन्छ की हुदैन, त्यसलाई मात्र प्रजातन्त्रवादी भन्न सकिने निचोडमा उहाँहरू पुग्नुभएको थियो रे । उहाँ त जनताको मनको कुरा बोल्नुहुन्थ्यो । सायद, नेपाली राजनैतिक इतिहासमै सबैभन्दा बढी दुःख पाएका नेता गणेशमान नै हुनुहुन्छ ।
प्रजातन्त्र ल्याउन कांग्रेसको धेरै ठूलो योगदान छ र प्रजातन्त्रको पुुनस्र्थापना गर्नेमा पनि । कंाग्रेस नेताहरूले जेलनेल खेपेका छन् । तर, पावरमा पुगेपछि उसले आफ्नो क्षमता देखाउन सकेन । कांग्रेसले संघर्ष निकै गर्यो । मुलुकमा भएका सबै परिवर्तनको नेतृत्व गरेको छ उसले । तर, त्यसलाई टिकाउनेगरी कांग्रेस चल्न सकेको छैन । अब कांग्रेस त्यसअनुसार चल्न सक्नुपर्छ । उहाँले भनेका कुरा र कार्यक्रमहरू गर्न नसकेकै कारण २०४७ सालको विश्वकै नमुना भनिएको संविधान पनि लामो समय टिक्न सकेन । संविधान मात्र राम्रो भयो/भएन, शासन गर्नेहरूको आचारणमा पनि भर पर्छ । कांग्रेसले उहाँका लागि केही गरेन । उहाँले जीवनको अन्तिम समयमा पार्टीका नेताहरूको रबैया देखेर 'म अब यो पार्टीमा रहन सक्दिनँ' भन्नुभयो र कांग्रेसबाट नै अलग हुनुभयो ।
संघर्षका वेला आमा-बुबा दुवै राजनीतिमा लाग्दा समय गुर्जान हामीलाई निकै कठिन भएको थियो । आमा-बुबा जेलमा हुँदा हामी साना नानीलाई घरमा बस्न निकै गाह्रो भएको थियो । झन् त्यसमाथि आन्दोलनका लागि परिवारले सघाएको थिएन । अहिले म बसेको ठमेलको घर १७ वर्षसम्म मुद्दा लडेर जितेपछि आफ्नो घरमा बस्न पाएका हौं । त्यसअघि त हामी डेराको घरमै बस्दै आएका थियौँ । कांग्रेसमा लागेर धेरै साथीहरूले दुःख-कष्ट झेल्नुपरेको छ । एउटा परिवारको योगदानले मात्र अहिलेको कांग्रेस बनेको होइन । हजारौं नेपालीको योगदान र संघर्षले पार्टी बनेको हो ।
२०४८ सालको आमनिर्वाचनमा टिकट वितरण भएपछि आफ्नो छोरा र श्रीमतीलाई टिकट दियो भनेर नारा लागेपछि उहाँले निकै चित्त दुखाउनुभयो । उहाँ अधिकार सबैले समान रूपमा पाउनुपर्छ भन्नुहुन्थ्यो । सबैमा सन्तुलित रूपमा अधिकारकारको बाँडफाँड हुनुपर्छ भन्नुहुन्थ्यो । त्यस्तै आर्थिक क्रान्तिको कुरा पनि निरन्तर रूपमा गर्नुहुन्थ्यो । जलस्रोतको अथाह सम्पदा नेपालीहरूको हितमा प्रयोग गर्नुपर्छ भन्ने धारणा थियो उहाँको ।
किसुनजी प्रधानमन्त्री भएपछि उहाँसँग मार्गनिर्देशन लिन आउनुभएको थियो । त्यसवेला पनि उहाँले एक वर्षभित्र प्रजातान्त्रिक संविधान लेखिनुपर्छ, संविधान लेखेर मात्र जनताले भोगेका दुःखकष्टको अन्त्य हुन्छ भन्नुभएको थियो । उहाँ मलाई आफ्नो सिद्धान्तमा सधैं अडिक हुनुपर्छ भनिरहनुहुन्थ्यो । तर, आफ्नो सिद्धान्तमा अडिक हुँदा धेरै दःुख हुँदोरहेछ । यसैगरी, आफ्नो लक्ष्य पनि भेटिन्छ भन्ने मैले उहाँबाट सिकेको छु । म उहाँजस्तो त बन्न सक्दिनँ । तर, उहाँले देखाउनुभएको बाटोमा हिँड्ने प्रयासचाहिँ सधैं गर्छु । मलाई थाहा छ उहाँको बाटो हिँडे समुन्नत मुलुक निर्माण गर्न सकिन्छ । जस्तोसुकै आँधीतुफान आए पनि उहाँले जस्तै आफ्नो योजना र लक्ष्यमा निरन्तर हिँडिरहनुपर्छ
शब्दचित्रमा किसुनजी नेपाली राजनीतिमा भद्र नेताका रुपमा चिनिएका कृष्णप्रसाद भट्टराई विक्रम संवत १९८१ मा पीता संकटा प्रसाद र माता ललितादेवीका ९ सन्तानमध्ये कान्छो सन्तानको रुपमा भारतको बनारसमा जन्मनुभएको थियो । बाल्यकाल वनारशमा विताएका भट्टराईको शिक्षा दिक्षा पनि त्यहीं नै भयो । बनारश हिन्दू विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका भट्टराईले स्नातकोत्तर भने गर्न सक्नुभएन । उहाँको राजनीतिमा प्रत्यक्ष संलग्नता सन १९४२ को भारत छोड आन्दोलनबाट सुरु भएको हो । १९४२ को भारत छोड आन्दोलनमा २० दिन जेलमा बिताएका भट्टराईको त्यो पहिलो जेल यात्रा थियो । भारत स्वतन्त्रता आन्दोलनको क्रममा बनारस हिन्दु विश्व विद्यालयमा पढ्ने नेपाली विद्यार्थीले स्थापना गरेको संगठनमा उहाँ निर्विरोध उपसभापति चयन हुनु भएको थियो । त्यो नै उहाँको राजनीतिको पहिलो पद थियो । पछि उहाँ सिटी स्टुडेन्ट युनियनको अध्यक्ष, नेपाली छात्र संघको अध्यक्ष र अखिल भारतीय विद्यार्थी काङ्ग्रेसको संयुक्त सचिव पनि हुनुभयो ।
आफ्नो राजनीतिको प्ररेणाको श्रेय कसैलाई पनि नमान्ने भट्राई, महात्मा गान्धी, नेपोलियन, विपी र गणेशमानका विचारबाट प्रभावित भएको स्वीकार गर्नुहुन्थ्यो । नेपालमा राणा शासनको अन्त्य गर्ने योजना अनुसार विक्रम संवत २००३ साल माघ १२ र १३ गते कलकत्तामा भएको कार्यक्रममा नेपाली राष्ट्रिय काङगे्रसको गठन भएपछि भट्राई त्यसको सहमहामन्त्री नियुक्त हुनभयो । २००३ साल फागुन २१ गते काङ्ग्रेसले विराटनगरमा हडतालको घोषणा गरेपछि भट्राई स्नातकोत्तरको अन्तिम वर्षेको परिक्षा विचमै छोडेर आन्दोलमा होमिनुभएको थियो ।
२००६ सालमा सुर्वणशमशेरको प्रजातन्त्र काङ्ग्रेस र नेपाली राष्ट्रिय काङ्ग्रेस मिलेर नेपाली काङ्ग्रेस घोषणा भयो । त्यसपछि काङ्ग्रेसले राणा शासनका विरुद्धमा आन्दोलन गर्ने निर्णय गर्यो । भटराई सहितको नेत्तृत्वको सेनाले उदयपुर कडी कब्जा गर्यो । त्यसपछि त्यहीं सेनाले जनकपुर र महोत्तरी क्षेत्र पनि कब्जा गर्यो । काङग्रेसले सफलता पाउँदै गएपछि राणाहरुले सम्झौताको बाटो लिए । नेपालबाट भागेर गएका राजा त्रिभुवन, नेपाली काङ्ग्रेस र राणाहरुमा त्रिपक्षिय सम्झौता भएपछि २००८ साल असोज १६ गते राजा त्रिभुवनले घोषणा गरेको ३५ सदस्यीय सल्लाहाकार सभाका प्रथम निर्वाचित अध्यक्ष हुनुभयो कृष्ण प्रसाद भट्राई । त्यसवेला उहाँ २६ वर्षको मात्र हुनुहुन्थ्यो । तर यस विचमा अर्को मोड आयो नेपाली राजनीतिमा । २००७ साल फागुन ७ गने नै घोषणा भएको संविधानसभाको चुनाव हुन नसकेपछि काङ्ग्रेस २०१२ सालमा सत्याग्रहमा उत्रियो । र भट्राई त्यसमा सक्रिय सहभागी हुनुहुन्थ्यो । सत्याग्रह नरोकिएपछि सरकारले २०१५ साल फागुन ७ गते चुनाव गर्ने घोषणा गर्यो । भट्राई गोर्खाको उत्तरी क्षेत्रको उम्मेदवार हुनभयो । तर उहाँ राष्ट्रिय गोर्खा परिषदका विश्वनाथ भटराई सित हार्नुभयो । तर काङ्ग्रेसले बहुमत प्राप्त गरेकाले काङ्ग्रेसले नै सरकार बनायो र भट्राई सभामुख हुनुभयो ।
तर २०१७ साल पुष १ गते राजा महेन्द्रले सरकार र सदन दुवै खारेज गरेपछ अरु काङ्ग्रेस नेता संगै उहाँ पक्राउ पर्नुभयो । त्यसपछि सुन्दरी जेल र नख्खु जेलमा गरि १० वर्ष लगातार जेलमा बस्नुभयो । जेलमासँगै रहेका विपि कोईरालाहरुलाई छोडे पनि भटराईलाई डेढ वर्षभन्दा बढी नख्खु जेलमा राखियो । जेलबाट छुटेपछि अरु नेता भारततिर लागे पनि भट्राई भने देश भ्रमणमा लाग्नुभयो । देशका पूर्वी भाग गुमेपछि पश्चिमको भमण गर्दै गर्दा भट्टराई २०२९ साउन १८ गते बुटवलमा प्रक्राउ पर्नुभयो । फेरी ३ वर्षभन्दा बढी जेल बसेर भट्राई २०३२ मंसिर २९ गते छुट्नु भयो । २०३३ साल पुस ६ गते विपी नेपाल आउने भएपछि विमानस्थलमा लिन गएका भट्टराई फेरि पक्राउ पर्नुभयो । त्यसपछि झन्डै १० महिना जेलमा बस्नुभयो । त्यसपछि भट्टराई आफ्नो जीवनको १४ वर्षभन्दा बढीसम्म जेलमा विताउनु भयो । विक्रम संवत २०३४ साल कात्तिकमा काङग्रेसका सभापति सुर्वणशमशेरको मृत्युपछि भट्टराई लगातार १४ वर्षसम्म काङ्गेस्रको कार्यवाहाक सभापति हुनुभयो ।
२०४८ साल फागुनको सुरुमा झापामा भएको महाधिवेशनबाट भटराई सभापति हुनुभयो । २०४६ सालको जनआन्दोलनपछि बनेको अन्तरिम सरकारमा प्रधामन्त्रीको रुपमा उहाँले संविधान बनाउने र आम निर्वाचन गराउने काम सफतापूर्वक सम्पन गनुभयो । तर त्यही निवार्चनमा भटराई काठमाण्डु क्षेत्र नम्बर १ बाट पराजित हुनभयो । त्यसपछिको मध्यावधि आमनिर्वाचनमा पनि भटराई पराजित हुनभयो । पछि २०५६ सालमा पर्साबाट प्रतिनिधि सभामा विजयी हुनभयो । त्यसपछि भट्राई बहुमत प्राप्त कांग्रेसको ंसंसदीय दलको नेता भएपछि प्रधानमन्त्री हुन बाटो खुल्यो । तर ११ महिनापछि उहाँले राजिनामा दिनुभयो ।
विभिन्न कारणहरुले बेला बेलामा चर्चामा आईरहने ठट्यौली स्वभावका भट्टराई राजनीति छोडेर पछि आध्यात्मिक चिन्तनमा लाग्नुभयो । दुईपटक प्रधामन्त्री बनेका भट्टराई आर्थिक मामलामा भने चोखै रहनुभयो । प्रधामन्त्री पद छोडेर निस्कदा उहाँले बोकेको छाता र सुरुवालले उहाँको सादा जीवनलाई प्रष्ट पाथ्र्यो । तर दुःखको कुरा उहाँको यो प्रेरणाबाट नेपाली नेताले खासै शिक्षा लिएको पाईन्न्ा । अविवाहित भट्टराई ललितपुर बडिखेलमा सरकारले बनाईदिएको आश्रममा सहयोगी अमिता कपालीसँग बस्दै आउनु भएको थियो । विक्रम संवत २०१२ चैत १६ मा नेपाल पत्रकार महासंघका प्रथम अध्यक्ष पनि हुनभएको थियो उहाँ । उहाँले नेपाल पुकार युगवाणी जस्ता पत्रिकामा सम्पादको काम पनि गर्नुभयो ।
वामपन्थको सक्कली परिभाषाको खोजी-शोभाकर पराजुली हामीहरू नेपालमा कम्युनिस्ट बढी भएकोले हो वा
कम्युनिस्टहरूको प्रपोगण्डाको कारणले हो कम्युनिस्टहरूलाई नै वामपन्थी
मान्दछौँ । तर, यो सत्य होइन । यहाँ यस्तो विडम्बना छ कि कम्युनिस्टबाहेक
अरूले आफूलाई वामपन्थी भनेमा ऊ हास्यको पात्र हुन्छ । आखिर नाममा के नै
राखेको छ र भनेर यसमा त्यति बहस हुने गरेको पनि
छैन । वास्तवमा सभामुखको बायाँतर्फबस्ने र सुधारको पक्षमा रहेकाहरूलाई
वामपन्थी भनिने गरेको परम्परा फ्रान्सबाट नै सुरु भएको आधिकारिक जानकारी
पाइन्छ । तर, त्यतिबेलाको सर्न्दर्भ कम्युनिस्टहरूको थिएन । मूलभूत रूपमा
सुधारवादीहरू र लोकतन्त्र गरिब जनताको रक्षक बन्नुपर्छ भन्ने सोच्नेहरू
वामपन्थी थिए । मतकै बारेमा कुरा गर्दा पनि त्यतिबेलासम्म सबैजसो देशहरूमा
महिला, गरिब, दास आदिलाई मत दिने समान अधिकार थिएन । आफू चुनावमा खडा
हुनसमेत निश्चित सम्पत्ति हुनैपर्ने अवस्थासमेत कतिपय देशहरूमा थियो । त्यस
अवस्थामा सुधार र सबै जनताको निष्पक्ष अधिकारको पक्षमा रहनेहरू वामपन्थी
थिए । यो शब्द भारत-नेपालमा समेत आएको छ- वामपन्थी अर्थात् लेफ्टिस्ट ।
युरोपमा समाजवादीहरू त्ाथा लोकतान्त्रिक समाजवादीहरूलाई पनि वामपन्थी
भनिन्छ । वास्तवमा लोकतन्त्रलाई मान्ने समाजवादीहरू र लोकतान्त्रिक
समाजवादीहरूमा कुनै भिन्नता छैन । केवल नाम राख्ने र भन्ने कुरा नै हो ।
अहिले त युरोपका धेरैजसो देशमा कम्युनिस्टहरू पतनोन्मुख छन् । रुससमेतमा
कम्युनिस्टहरू दिनहुँ कमजोर भइरहेका छन् । अहिले विकसित देशहरूमा वामपन्थी
भनेको लोकतान्त्रिक समाजवादी हुनु नै हो । नेपालको सर्न्दर्भमा वैचारिक
रूपमा नै यसको पक्षधर रहेको दल भनेको नेपाली काङ्ग्रेस नै हो । काङ्ग्रेसले
२००७ सात सालमा जहानियाँ शासनको अन्त्य गर्न जनताको नेतृत्व गर्यो । यसले
आफ्नो सरकार हुँदा विभिन्न क्रान्तिकारी कार्यहरू गर्यो । २०४६ सालपछि
पनि काङ्ग्रेसले नै जमिनको हदबन्दी घटायो । गरिबहरूको ऋणमा ८० प्रतिशतसम्म
ब्याज मिनाह गर्यो । यातायात, शिक्षा, स्वास्थ्य, सञ्चारसमेतका क्षेत्रमा
विकास गरेर जनताको जीवनस्तर उठाउन ठूलो सहयोग गर्यो । यो नेपालको वास्तविक
वामपन्थी दल हो ।
आधुनिक युगमा वामपन्थ्ाी दल हुनुका मूलभूत रूपमा दुईवटा योग्यता हुन्छन् वा
आवश्यकता हुन्छन् । पहिलो- यसले विकास, समानता र शान्तिलाई फ्युजन गर्ने
सिद्धान्त लिएको हुनुपर्छ । त्यो सिद्धान्तलाई व्यवहारमा पनि क्रमश: लागू
गर्दै जान आवश्यक छ । सिद्धान्त नभए पनि कुनै समयमा गरिबको हितमा कुनै काम
गर्नु भनेको जनतालाई झुक्याउनु पनि हुन सक्दछ । यो अरू जनपक्षीयहरूलाई
जनताबाट विस्थापित गर्ने चाल पनि हुन सक्दछ । वामपन्थी सोचको सिद्धान्त र
व्यवहारमा तालमेल हुन आवश्यक छ ।
अर्को पक्ष भनेको पारदरि्शता हो । विकास, समानता र शान्ति जनतामा दिन्छौँ
भन्ने तर व्यवहारमा भने त्यसो नगर्ने र नगरेकोले सजिलैसँग जनताले उनीहरूलाई
हटाएर बिनाडर अर्को पक्षलाई विकल्पमा ल्याउन नसक्ने परिपाटीलाई समाउने
पक्ष वामपन्थी हुन सक्दैन । वामपन्थीमा एउटा विशेष योग्यता हुन्छ । पहिलो ऊ
राम्रो र सुधारका लागि काम गर्दछ । अझ सुधारका अरू सम्भावना देखिए तुरुन्त
ती विकल्पका लागि तयार हुन्छ । ऊभन्दा राम्रो अर्को छ भन्ने जनतामा
स्थापित हुन पाउनुपर्छ भन्ने सोच्ा छ भने त्यसलाई अपनाउन तथा जनतालाई
बिनाडर विकल्प छान्न दिन तयार हुन्छ । यो व्यक्तिगत चरित्र र दलगत विषय
दुवै हो । यस अर्थमा पारदरि्शता वामपन्थको पहिलो खुड्किलो हो ।
पारदरि्शतालाई लोकतन्त्रले मात्र र्सार्थक बनाउँछ । म पारदर्शी छु तर म
गल्ती गरेर पनि जनतालाई मेरो उपस्थिति सरकारमा होस् वा अन्य स्थानमा
अनिवार्य गर्दछु भने तथा मेरा विकल्पमा अरूको स्थान राख्दिनँ भने मेरो
पारदरि्शताको अर्थ रहँदैन । लोकतन्त्रलाई लोकतान्त्रिक परिपाटीले पुष्ट
पार्छ ।
खेलाडीहरूको जस्तो सोच वामपन्थी सोच हो जसले लोकतन्त्रलाई पूर्ण रूपमा
आत्मसात् गर्छ । माओले भनेको कुरा मात्र, लेनिनले भनेको कुरा मात्र वा
हिटलरले भनेको कुरा मात्र लोकतन्त्रको परिभाषामा पर्छ, त्यो मान्नु र
जनताले त्यसलाई आत्मसात् गर्नु नै लोकतन्त्र हो भन्ने सोच वामपन्थी सोच
होइन । खेलाडीहरू सकेसम्म राम्रो खेल खेल्दछन् । अरूसँग प्रतिस्पर्धा
गर्छन् । तर, दर्शकहरूलाई मेरो खेल राम्रो भए पनि वा नराम्रो भए पनि ताली
बजाउनुपर्छ भन्दैनन् । उनीहरू रातो वा सेतो वा कुनै रंगको कपडा लगाएको
मात्र राम्रो खेलाडी हुन्छ त्यसैले उसले नराम्रो खेले पनि ताली बजाउनु वा
गोरो वा कालो मानिसले मात्र खेल्नुपर्छ र उसको रंग मात्र वामपन्थ हो
भन्दैनन् । उनीहरू पारदर्शी रूपमा खेल्दछन् । नियम सबैलाई एउटै हुन्छ ।
जनताले बिनाडर, धाक तथा त्रास राम्रो गर्नेलाई ताली दिन्छन् । नियमअनुसार
नचल्नेलाई गाली पनि दिन्छन् ।
वामपन्थ पनि त्यस्तै हुन्छ । जो राम्रो गर्छ त्यसलाई जनताले राम्रो भन्छन्
भन्ने सोचेर काम गर्छ र जनतालाई मेरो कुरामात्र राम्रो मान, मेरो भनाइ
मात्र लोकतन्त्र हो भनसमेत भन्दैन । त्यसकारण वामपन्थको आधार कुनै विसर्ग
वा उपसर्ग नलागेको लोकतन्त्र पनि हो । विसर्ग वा उपसर्ग अर्थात् जनताको
जनवाद, जनताको लोकतन्त्र, जनवादी गणतन्त्र, जनवादी लोकतन्त्र आदिको त्यसमा
स्थान हुँदैन । लोक भनेकै जनता हो र तन्त्र भनेको शासन हो । जनताको शासन
भनेपछि जनवादी लोकतान्त्रिक गणतन्त्र भनेपछि के हुन्छ ? जनताको,
जनतान्त्रिक, जनतन्त्र हुन्छ । यसको अर्थ एउटै भएन र ? अझ त्यसरी नाम थपेर
तीनपटक जनताको नाम लिएकोले जनताले कुनै दल वा नेताले परिभाषा गरेको विषयलाई
मात्र लोकतन्त्र हो भन्नुपर्ने भएपछि त्यो लोकतन्त्र हुन सक्दैन ।
लोकतन्त्रमा गरिब जनता बढी भएको देशमा गरिब जनताको हित गर्न नसके मत
पाइँदैन । गरिबको नाम लिँदालिँदै पनि अरूले मत पाए भने गरिबको नाम लिने अझ
फटाहा हुन् भन्ने बुझ्नुपर्छ । उनीहरू गरिबको नाममा गरिबलाई दु:ख दिने,
लुट्ने आदि गर्ने हुन् भन्ने देखिन्छ । तर गरिबलाई राज्यविहीनताको अवस्थामा
त्रास दिएर मत लिनु फेरि अलग विषय हो अर्थात् सुन्निएर मोटाउनु हो ।
त्यसैले कुनै फूलबुट्टा नगाँसेको लोकतन्त्र आफंैमा वामपन्थको आधार हो ।
त्यो लोकतन्त्र नमान्नेहरू वामपन्थीको पहिलो परीक्षामा नै पास हुँदैनन् ।
वामपन्थी आफूले नै घोषणा गरेर मात्र हुने कुरा पनि होइन । जनताले स्वतन्त्र
भएर बिनाडरत्रास पाएको विकास र समानताको अवसर र त्यसलाई व्यक्त गर्ने छुट
वामपन्थको आधार हो ।
यो हिसाबले उग्रकम्युनिस्टहरू जसले विश्वव्यापी मान्यतामा आधारित
लोकतन्त्रलाई मान्दैनन् तथा आफ्नो विचारभन्दा अर्को विचारलाई तल्लो
सम्झन्छन् र त्यवहार गर्छन् उनीहरू वामपन्थी होइनन् । वामपन्थी भनेका
सुधारवादीहरू हुन् । उनीहरू त्यस्ता सुधारवादीहरू हुन् जो आफूभन्दा राम्रो
सुधारवादीहरू आएमा तिनलाई आत्मसात् गर्नुपर्छ भन्ने मान्यतालाई व्यवहारमा
लागू गर्छन् । चीनमा धेरै दलहरू खोल्न पाइन्छ । तर, त्यहाँ कम्युनिस्ट
विचारविरोधी दल खोल्न पाइँदैन । कम्युनिस्ट विचारविरोधी दर्शन र सोच जति
राम्रो र जनहितकारी भए पनि त्यो जनताको छनोटको अधिकारमा पर्दैन । यो
कार्यले कुनै एकपटकको सुधारको कार्य रोकिन थाल्दछ । पहिलो सुधारको
पाइलासँगै त्यो विचार र दल दक्षिणपन्थी हुन जान्छ । उत्तर कोरियाको
कम्युनिस्ट सरकार वामपन्थी होइन, बरु कम्युनिस्ट हो । वामपन्थी र
कम्युनिस्ट एक-अर्काका पूरक होइनन् । बरु लोकतन्त्र नहुने हुँदा
कम्युनिस्टहरू वामपन्थी होइनन् । लोकतन्त्रवादीहरू आधा वामपन्थी हुन् र
उनीहरूले लोकतन्त्रलाई मान्दै समाजवादी बाटो रोजे भने पूर्ण वामपन्थ्ाी
हुन्छन् । तर, त्यो समाजवादी स्वरूप साम्यवाद आउनभन्दा पूर्वको प्रायोजित
होइन गरिब जनताको हित र विकासलाई ध्यान दिने भन्ने अर्थमा हो ।
कम्युनिस्टहरूले राजनीतिक रूपमा कम्युनिस्ट विचार छोडेर लोकतन्त्र मानेमा
उनीहरू वामपन्थी हुन् । नेपाली काङ्ग्रेस नेपालको सर्न्दर्भमा सैद्धान्तिक
रूपमा पूर्ण वामपन्थी हो, यद्यपि यसका पनि व्यावहारिक कमी-कमजोरी हुँदैनन्
भन्न सकिँदैन ।
काँग्रेसको मुक्तिसेना र माओवादी लडाकुहरु माओवादी लडाकुहरुले देशका लागि काम गरेका थिएनन् । उनीहरु दलको
झण्डामुनि एकदलीय साम्यवादी ब्यवस्था स्थापना गर्न बन्दुक बोकेका थिए ।
त्यसको लागि मार्न र मर्न तयार भएका थिए तथा अरुलाई मारेका पनि थिए र
मरेका पनि थिए । कांग्रेसको मुक्ति सेना शान्तिको लागि थियो । कुनै दलको
अधिनायकवाद स्थापना गर्नको लागि थिएन । शान्ति लोकतन्त्र अर्थात जनताको
पूर्ण अधिकार स्थापित भएपछिमात्र हुन्छ । जनताको अधिकार भनेको गरीब जनताको
हित हो भन्ने मान्यतामा आधारित थियो । स्वयम कांग्रेस पनि आफ्नो दलको
सरकार र शासनको लागि लडेको थिएन् । यो दलले जनताको हातमा आफ्नो भाग्य
निर्माण गर्ने अधिकार हुनुपर्दछ भन्नाको लागि संघर्ष गरेको थियो । महामानव
वि.पि.ले त बारम्वार कांग्रेस जनतको हितकोलागि जुनसुकै वलिदानी गर्न
चाहने र कांग्रेसहरु ज्यानको बाजी लगाउने तर लोकतन्त्रको स्थापना भएपछि
आफ्नो दलको हैसियत अरु दलकोभन्दा फरक र माथि हुनुपर्दछ भन्नेमा बिश्वास
नगर्ने कुरा बारम्बार वताउनुहुन्थ्यो । माओवादी सेना र माओवादीहरु स्वयम
तथा कांग्रेस र यसको मुक्ति सेनामा यसकारण पनि ब्यापक अन्तर छ ।
कांग्रेसको सेना देश र जनताको लागि थियो । माओवादीको लडाकु भने उसको
साम्यवादी जनबिरोधी ब्यवस्था स्थापना गर्नको लागि काम गर्नका लागि थियो ।
आज पनि माओवादीको कारणले नै देश गम्भिर स्थितिमा छ ।
माओवादीले राष्ट्रियतको कुरा गरे पनि साम्यवादी सोचमा मजदुर र
पुँजीपतिको राष्ट्रियता नै हुँदैन भन्ने उनीहरुको मान्यता छ । त्यसैले
पहिला जनतालाई राष्ट्रियताको कुरागरेर आफ्नो पक्षमा ल्याउने र पक्षमा आएपछि
उनीहरुलाई डर त्रास लोभ आदि देखाएर आफ्नो सत्ताको तावेदार बनाउने लक्ष्य
हो । यो बिश्वको कम्युनिष्ट साशनले देखाएको छ । उनीहरुले राष्ट्रिय
स्वाधिनताको कुरा गरे पनि उनीहरुकै तानाशाही सोँच र ब्यवहारका कारणले
नेपालमा बिदेशीको चलखेल बढेको छ । २०४६ सालको आन्दोलनको सफलता पछि देशले
लोकतन्त्र र बिकासको बाटोमा फड्को मारेको थियो । यो मार्गमा अगाडि बढ्दा
बिदेशीको चलखेल बढेको थिएन । उनीहरुको अवान्छित चलखेल कम हुने र बिकास तथा
निर्माणमा सहयोग गर्ने कार्य उनीहरुले गरेका थिए । देशमा त्यस समयमा जातीय
रुपमा द्वैषको भावना थिएन् । माओवादीले जातीय द्धेश वढाएका छन् ।
उनीहरुको हिंसात्मक गतिविधि सुरु हुन भन्दा पहिला यसको आशंका पनि थिएन । तर
यो अहिले आगो जसरी फैलिदो छ । देशका जनता मात्र होइन मानिस सबै एक हौं
भन्ने समयमा जातमा हामीलाई बिभाजित गर्ने कार्य माओवादीले गरेको जगजाहेर नै
छ । जातीय स्वाभिमानको रक्षा महिलाको हित जस्ता कार्य जरुरी छन् तर
घृणाको माध्यमबाट जनतामा अविश्वास फैलाउने र आफ्नो पक्षमा लिने कार्य
माओवादीले गरेको कारण तराईमा अल्पसंख्यकहरु बिस्थापन भोगिरहेका छन् ।
इतिहासबाट सिकेर हो वा त्यो बाटोबाट लक्ष्यमा पुगिदैन भनेर हो अहिले
माओवादीले केही सकारात्मक कार्य गर्न थालेको छ । बिगतका गल्तीहरुलाई
सच्याउँदै गरेको केही भने पनि आभाष भएको छ । उनीहरुले जनबिद्रोहको कुरा
गरेका पनि छन् तैपनि ब्यवहारमा भने उनीहरुका लडाकुहरुलाई राज्यको अधिनमा
रहेको बिशेष समितिको मातहतमा राख्न तयार भएका छन् । यो सकारात्मक पक्ष हो र
महत्वपूर्ण लोकतान्त्रिक यात्रा हो । बिद्रोहको कुरा दलको आन्तरिक
लडाईंको कारण पनि भनिएको हुन सक्दछ । नेतृत्व हत्याउने आन्तरिक लडाई
जनतालाई भ्रममा पारेर पकड कायम गर्ने आबस्यकता आदिले उनीहरुका केही
जडसुत्रवादी सोच बाहिर आएका छन् । यसैले होला अनमिन गए पछि माओवादी
लडाकुहरुलाई बिशेष समितिमा राख्ने माओवादीको कार्य उनीहरुको जिम्वेवार
राजनीतिको महत्वपूर्ण सरुरुवात भएको । अहिले यस्तै विश्लेषण गरिन थालेको छ
। साथ-साथै माओवादी लडाकुहरुले देशको रक्षाको लागि काम गरेको र राजसंस्था
फालेको भ्रम फैलाइएको छ यो भने सत्य होइन । देशको रक्षा यसले नगरेको
मात्र होइन देशलाई बरबाद गर्न भूमिका भने खेलेको हो भन्ने प्रष्ट छ ।
नेपालमा बिदेशीको चलखेल माओवादीकै कारणले भएको हो र यसमा उनीहरुको
लडाकुदस्ताको भूमिका अझ अहं छ । देशमा गृहयुद्धको तयारी स्वरुप जातीय
द्वैष फैलाएर समुहगत रुपमा नै तराईका कतिपय ठाउंबाट नेपालीभाषीहरु
बिस्थापित हुने र मारिने क्रम सरु हुनु राष्ट्रियताको पक्षमा काम गरेको
मान्न सकिँदैन । माओवादीले तराई मुलका नेपालीहरुलाई घृणा गरेको तथा
जातीयताको कुरा उठाएकोले घृणाको प्रतिकार र जातीय भावनाको नकारात्मक
पक्षको यॊ कार्य हुन पुग्यो । राजा फाल्ने कार्य पनि माओवादीबाट भएको होइन
बरु भ्रम पारेर हामीलाई मुर्ख वनाउने कार्य उनीहरुबाट भएको हो । माओवादीको
िहंसाको कारणले देशका ग्रामिण क्षेत्रमा अरु दलहरुको उपस्थिति कम देखिएको
थियो । यो आतंकको कारणले नै भएको थियो । अरुदलको स्थान माओवादीले लिने
क्रममा उनीहरुले राजसंस्थाको विरोधसम्म गरेका हुन् । पूर्वराजा
ज्ञानेन्द्रले माओवादीलाई सहयोग गरेको माओवादीले राजदरबारसंग अघोषित एकता
भएको संचारमा नै आएको प्रचण्डले राजसंस्थालाई फाल्न अरुले पनि साथ
दिन्छन् भन्ने नसोचेको तथा आफ्नो दलको राजसंस्था फाल्ने लक्ष्य नभई
प्रपोगाण्डाको लागि मात्र त्यसो गरिएको भन्ने बाहिर आउनु राजाको समयका
उन्का दाहीनेहात रहेका मानिसहरु माओवादीमा लाग्नु समेतका कारणले माओवादीको
दुस्मनी दलसंग थियो राजासंग होइन भन्ने प्रष्ट हुन्छ ।
राजाको बिरोध गरेर जनतामा माओवादी राजाबिरोधी हुन् भन्ने भ्रम पार्ने र
अरुदलबाट जनताको समर्थन गुमेमा राजालाई स्थान दिने योजना अनुरुप राजाले
आफ्नो स्थान आफै बनाउनुपर्दछ भन्ने माओवादीको त्यतिवेलाको भनाईले पनि यो
तथ्यलाई प्रष्ट गर्दछ । अन्य दलहरुले यो बुझेर माओवादीलाई अप्ठेरोमा पार्न
आवस्यक थियो । त्यस्तै राजसंस्थाले जहिले पनि लोकतन्त्रको विपक्षमा नै
काम गरेकोले यो संस्था देशकोलागि बोझ नै बनेको थियो । त्यस अबस्थामा
माओवादीले राजा फाल्न सहयोग नगरेमा यो दल जनताबाट नाङ्गिने देखेर माओवादी
पनि त्यसमा दुखले सहमत भएको हो । लोकतन्त्रवादी दलहरु एकभएर राजा फाल्नेमा
लागेकोले माओवादीसंग पनि यस कार्यमा सहमति भयो । राजसंस्था माओवादीको
बन्दुकले हटेको हुदै होइन भन्नेबारेमा हामी बिभिन्न किसिमले प्रष्ट छौं ।
राजा माओवादीले देशलाई बरवात गर्न लागेको र दलहरुल्ो पनि समस्या समाधान
गर्न नसकेको भन्दै बिश्वसमुदाय र लोकतन्त्रवादीहरुलाई पनि भ्रममा पारेर
सत्ताकब्जा गर्ने नीति अनुसार अगाडि बढेको थियो । माओवादीलाई मुलधारमा
ल्याएको भनेर सरकारमा प्रतिनिधित्व गराउने उनको लक्ष्य थियो । दलहरुलाई
पनि यसमा झुक्याउन सकिन्छ भन्ने उनको सोच थियो । प्रष्ट छ कि दलहरुले
राजालाई साथ दिएको भए बिदेशी सहयोग पनि हुने थियो र उनको यो लक्ष्य पुरा
हुने थियो । देशमा अशान्ति भएको र लोकतान्त्रिक दलहरुले शान्ति दिन
नसकेकोले लोकतन्त्रलाई नै बलियो बनाउने नाममा सत्तालिने राजाको लक्ष्य
थियो । यो लक्ष्यको कारण माओवादी नै थियो ।
बिदेशी सेना र लोकतान्त्रिक शक्तिको त्यसमा समर्थन लिएर लोकतन्त्रलाई
खतम गर्ने लक्षलाई माओवादीको लडाकु दस्ताले सहयोग हुने अबस्था थियो ।
लोकतन्त्रवादीहरुले राजाको बिरोध गरेको र माओवादीले लोकतन्त्रलाई मान्छौ
भनेकोले बिदेशीहरु र संयुक्त राष्ट्रसंघले पनि नेपालमा लोकतन्त्र सुरक्षित
हुन्छ भन्ने सोचेका हुन् । त्यसैको फलस्वरुप नेपालको राजसंस्थाबिरोधी
आन्दोलन सफल भएको हो । बन्दुकको भरमा नै राजा फालिएको होइन बरु माओवादीको
बन्दुकको बिरुद्धमा राजाको पक्षमा बिदेशी बन्दुक आउने र लाखौं नेपाली
मारिने संभावना थियो । त्यसलाई लोकतन्त्रवादीहरुले रोकेका हुन् ।
गणतन्त्रका पिता गिरिजाप्रसाद कोइरालाको दुरदर्शिता र नेतृत्वको कारणले नै
नेपालीको अदम्य साहसको परिणाम स्वरुप राजसंस्था फाल्न सकिएको हो ।
बन्दुकलॆ नै सबै हुनॆ भए २०४६ सालको आन्दोलनलाई सेनाले किन दवाउन सकेन
त्यसैले माओवादीको बन्दुकले राजसंस्था जाने अबस्था थिएन । बरु राजालाई
बिदेशीको समेत सहयोग लिने निहु बन्ने थियो । २०४६सालमा काखमा बच्च्ाा लिएर
लाठी तथा खुकुरी लिएर अगाडि वढेका नेपाली महिला तथा पुरुषहरुको अगाडि
राजसंस्था झुक्नु परेको थियो । त्यहां त्यतिवेला माओवादीको बन्दुक थिएन ।
त्यसैले बन्दुकले अहिलेको विश्वमा नकारात्मक कार्य गर्दछ । त्यसलाई
सेफलेण्डिङ्ग दिएको मात्र हो । त्यो पनि लोकतन्त्रवादीहरुको कारणले संभव
भएको हो । माओवादीको हिंसा नभएको भए राजाले सत्ता हत्याउने साहस गर्न सक्ने
थिएनन् । त्यसैले माओवादीका लडाकुहरुले राजा फाल्न सहयोग गरेका पनि
होइनन् र राष्ट्रियताको पक्षमा पनि काम गरेका होइनन् । तर अहिले माओवादीको
परिपक्व निर्णयले लडाकुको समायोजनको बाटो एकहदसम्म खुलेको छ । यो
प्रसंसनीय कार्य हो । लडाकुहरुलॆ देश र जनताको पक्षमा कार्य गर्ने
प्रतिवद्धता देखाएमा यसले बिगतका घाउहरु पुर्दै देशलाई बिकास र समानताको
पथमा लग्न सहयोग गर्ने छ । ठिक बाटोमा जांदै गरेको माओवादी र जनताका सेवक
बन्न चाहेका लडाकुहरुलाई हामी त्यो पथमा अडिग रहन प्रेरित गर्दछौं र
लोकतन्त्रको यात्रामा हामीहरु साथ-साथै देशको हितको लागि कार्य गर्ने आशा
गर्दछौं ।
महामानव बीपी र मेलमिलाप-शोभाकर पराजुली देशमा २००७ सालभन्दा पहिला जहानियाँ शासन थियो । त्यो राणाशासनविरुद्धको सङ्घर्षको नेतृत्व नेपाली काङ्ग्रेसले गरेको हो र सफलता पाएर नेपाली जनतालाई दासताबाट मुक्त गर्न सकेको हो । २०१७ सालदेखि २०४६ सालसम्मको लोकतन्त्रको पुनर्स्थापनाको सङ्घर्ष र नेतृत्व यही दलले गरेको होे । त्यस दौरानमा हजारौँ लोकतन्त्रवादी काङ्ग्रेसहरूले ज्यान गुमाउनुपरेको हो । लाखौँ पीडित हुनुपरेको हो । ती सबैको आस्थालाई निभ्न नदिन र मानवको रूपमा बाँच्ने आशालाई मर्ूतरूप दिन काङ्ग्रेसले नै महत्त्वपूर्ण भूमिका खेलेको हो । यसको एउटा मात्र लक्ष्य भनेको शोषणरहित समाजको सिर्जना गर्नु र यसको माध्यमबाट राष्ट्रियतालाई बलियो बनाउँदै देशलाई विकासको पथमा अगाडि बढाउनु हो । ०१५ सालको चुनावपछि नेपाली काङ्ग्रेसले अत्यधिक जनसमर्थनको कारणले सरकार गठन गर्ने अवसर प्राप्त गर्यो तर राजा महेन्द्रलाई त्यो मन परेको थिएन । तैपनि महामानव बीप्ाीको सरकार बन्यो । यो सरकारका नीति विकास र शोषणरहित समाजको निर्माणमा नै केन्द्रित रहेको थियो । समाजवादका व्याख्याता एवम् त्यसलाई व्यवहारमा उतार्न कटिबद्ध बीपी र उहाँका सहयोगीहरू सुवर्णशमशेर, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, रामनारायण मिश्र, शेष इद्रिससमेत धेरै नेताको अथक प्रयासबाट देशमा विकास र समानतालाई साथै लग्ने कार्य भएको थियो । समाजवादी विचारका मुख्य शिल्पी महामानव बीपीले त्यतिबेला विकासका धेरै कार्यलाई अगाडि बढाउनुमात्र भएन बरु गरिबको हित नगर्ने विकास विकास नै होइन भन्ने आदर्शका साथ कार्य गर्नुभयो । समाजवाद भनेको जाली फटाहाहरूको उन्मूलन, ग्रामीण क्षेत्रमा रोजगारीको अभिवृद्धि, जग्गा जोत्नेको हुनुपर्ने, उद्योगधन्दामा मजदुरहरूको हितको संरक्षण हुनुपर्ने, योजना बनाउँदा गरिब किसानको हितलाई ध्यान दिएर बनाउनुपर्ने, शिक्षामा सबैको पहुँच हुनुपर्ने, नेपालको उन्नति नेपालकै जगमा अडिएको हुनुपर्ने विषय हो भन्ने धारणा राख्दै व्यवहारमा पनि लागू गर्दै आउनुभएको थियो । राजनीतिमा पूर्ण लोकतान्त्रिक प्रणाली, अर्थनीतिमा शोषणरहित समाज र सामाजिक नीतिमा विभेदरहित समानता उहाँका लक्ष्य थिए र यिनलाई उहाँले काङ्ग्रेसको नीति नै बनाउनुभएको होे । तर, यो विचार तानाशाह महेन्द्रलाई पाच्य भएन । उनले २०१७ साल पुस १ गते लोकतन्त्रलाई नै समाप्त गरेर आफ्नो तानाशाही व्यवस्था लादे । महामानवको कालजयी धारणा यस्तो छ- जब म नेपालको कल्पना गर्दछु- त्यसबेला तिनै गरिब दाजुभाइ तथा दिदीबहिनीको तस्बिर मेरोअगाडि आउँछ । मैलो लुगा लगाएका, खान नपाएका र रोगी अनुहारको तस्बिर । अनि मलाई लाग्दछ- यी रोगी, खान नपाएको अनुहार पो त हाम्रो देश हो । त्यसो हुनाले त्यही खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो जाओस्, केटाकेटीले पढ्न पाऊन्, रोगीलाई औषधिमूलोको व्यवस्था होस् भनेर हामी राजनीतिमा लागेका हौँ । उहाँ जहिले पनि देश, जनता, विकासको बारेमा मात्र लाग्नुभयो । योभन्दा बाहिर व्यक्तिगत सोचको प्रधानता उहाँमा रहेन । जनताको हित र उन्नतिका लागि ज्यानको बाजी लगाएर नै उहाँले काम गर्नुभयो । समानता, विकास, जातीय भेदभावको प्रतिकार, महिलाको अधिकारको रक्षा, विवेकको प्रधानता, नयाँ विचारहरूप्रतिको आस्थाजस्ता विषयहरूलाई उहाँले जहिले पनि महत्त्व दिनुभयो । यिनै कारणले उहाँ विश्वस्तरीय नेताको रूपमा स्थापित हुनुभयो । दार्शनिक, साहित्यकार एवम् राजनीतिक व्यक्तित्व बीपी राजनीति, साहित्य र दर्शन सबै क्षेत्रमा समानता र विकासको पक्षमा उभिनुभयो । मानवीय हित, मानवीय संस्कृति उहाँका आस्थाका धरोहर थिए र हामीहरूको पनि हुनुपर्छ नै । लोकतान्त्रिक किसिमले साम्यवादी आर्थिक नीति लागू गरिन्छ भने त्यो समाजवादी हुन्छ भन्दै राजनीतिमा दमन र अर्थनीतिमा शोषणको अन्त्य र निमुखालाई इन्साफ दिँदै विकास गर्नु राजनीतिको लक्ष्य हो भन्ने तथ्यलाई उहाँले सधंै उजागर गरिरहनुभयो । लोकतन्त्र राजनीतिज्ञले जनताको हित गरे कि गरेनन् भन्ने जाँच्ने कसी हो भनेर लोकतन्त्र जनताको तन्त्र हो भन्ने प्रस्ट पार्नु बीपीको जनताको पक्षधर विचार थियो । महामानवले भन्नुभएको एउटा तथ्यलाई धेरै साथील्ो मनन र आत्मसात् गर्न आवश्यक छ । कार्लमाक्र्सले मानिस रोटीबाट सञ्चालित हुन्छ भन्नुभएको थियो । तर उहाँले मानिस विवेकशील प्राणी हो त्यसैलेे मानिस ब्रेडले मात्र होइन ब्रेनले सञ्चालित हुन्छ, नत्रभने माक्र्सले भाषण गर्नु र पर्चा र्छर्नुको औचित्य के – भन्ने प्रश्न गर्नुभयो । यही परिप्रेक्ष्यमा उहाँको राष्ट्रिय मेलमिलापको आसयको चुरो भनेको लोकतन्त्रको विपक्षमा सम्झौता हुन सक्दैन, राष्ट्रियताको संरक्षण लोकतन्त्रले गर्छ भन्ने हो । महामानवका केही कालजयी विचारहरू यस्ता छन्- ‘म गाउँको बेरोजगारीलाई हटाउन चाहन्छु ।……मलाई नेपाली मानिसमाथि विश्वास छ । म राजनीतिमा लाग्ने थिइनँ यदि जनतामाथि विश्वास नभएको भए । यो देशको तक्दिरमाथि मलाई यत्रो विश्वास नभएको भए, म दस वर्ष जेलमा बस्दा र फाँसीको फन्दाको नगिच पुग्दासम्म बाँचिरहने थिइनँ । … म युनिभर्सल कल्चर -विश्व्ा संस्कृति)मा विश्वास गर्दछु ।…. हामीहरूको जस्तो अवस्थामा -अव्यवस्थित) विदेशी सहायताले विकासको प्रक्रियालाई मद्दत गर्नुको सट्टा एउटा वर्ग मात्र सिर्जना गर्दछ, जसको सम्पन्नताको देशको आर्थिक अवस्थासित कुनै सम्बन्ध छैन, त्यो सम्पन्नता केवल विदेशी सहायतालाई आफ्नो खल्तीमा हाल्ने, भ्रष्टाचार गरर््र्नेे …. जस्ता कुरामा आधारित छ । ….नाङ्गा पैताला र झुत्रो लुगा लगाएकालाई सोध्नुहोस् । नेपाली नागरिकलाई सोध्नुहोस्, जे जवाफ पाउनुहुन्छ त्यही गर्नुहोस् । त्यही तपाईंको कर्तव्य हो । … जनअधिकारको अपहरणले राजनीतिमा दमन र अर्थतन्त्रमा शोषणको रूप लिन्छ । म यी दुवै कुराको विरोधमा छु । … समाजवादको एउटा मुख्य लक्ष्य छ, जसले यस महान् आन्दोलनलाई प्रेरणा दिन्छ । त्यो हो समानता । समानता भनेको राजनीतिक तथा आर्थिक समानता ।… लोकतन्त्र त बडो सन्तुलित, विरोधीहरूको पनि कुरा सुन्ने, सहनशील, तर सुन्ने मात्र होइन, विरोधीहरूले भनेको ठीक छ भने हो पनि भन्ने किसिमको पद्धति हो । …म गाउँमा नहर, पानी, स्वास्थ्य, शिक्षा, आवास र सांस्कृतिक समस्याहरूलाई सर्वाधिक महत्त्व दिन्छु ।’ उहाँका यी विचारहरूलाई अहिले पनि हामीले आत्मसात् गर्न सक्नुपर्छ । यी लक्ष्य पूरा गर्न अहिले पनि हामीबीच मेलमिलापको उत्तिकै महत्त्व छ । उहाँले २००७ सालभन्दा पहिलादेखि नै नेपालमा लोकतन्त्रका लागि गरेको योगदान र नेतृत्वको कारण हामीले राणाशासनको अन्त्यबाट अगाडि बढ्न सकेका हौँ । उहाँले भारतको स्वतन्त्रता आन्दोलनमा समेत अहम् भूमिका खेल्नुभएको थियो । लोकतन्त्र र विकास, समानता र विभेदको अन्त्य जहिले पनि आवश्यक छ । कसैलाई पनि निषेध गरेर राजनीति गर्नुहुँदैन र जनताको हितका लागि राष्ट्रका शक्तिहरूबीच मेलमिलाप हुन आवश्यक छ भन्ने मान्यता उहाँको हो । विकास, समानता, लोकतन्त्रका लागि मेलमिलापलाई प्रयोग गरिनुपर्छ भन्ने लक्ष्यका साथ ज्यानको बाजी लगाएर ०३३ सालमा उहाँ स्वदेश आउनुभएको थियो । लोकतन्त्रको पक्षमा राजा नरहे राजसंस्थाको औचित्य समाप्त हुनेछ भन्ने धारणा उहाँले बारम्बार राख्नुभएको थियो । एकदलीय र बहुलवादविरोधी सोच त्यागेर मेलमिलापलाई आत्मसात् गर्दै अगाडि बढ्न आवश्यक छ भन्ने सन्देश अहिलेका लागि अझ सान्दरि्भक छ ।
नेपाली कांग्रेशको इतिहास छोटकरीमा नेपाली कांग्रेसको संस्थापनाः
नेपालमा ‘राष्ट्रियताको संरक्षण र सर्ंवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने सिङ्गो आन्दोलनको अर्को नाम ‘नेपाली कांग्रेस’ हो। वर्तमान सर्न्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप संघीय लेगणतन्त्रात्म राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था, तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्याय पूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनैतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य बोकेको, नेपाली जनताको अगाद श्रद्धा र सम्मान पाएको यो नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो।
जननायक वी.पी. कोइरालाले २ अक्टुवर १९४६मा पटनाबाट प्रकाशित हुने द र्सच लाइट पत्रिका मार्फ भारतमा रहेका नेपालीहरूलाई सँगठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय सँगठन निर्माणका निम्ति गरेको आहृवानबाट यसको जन्मको प्रारम्भ भएको पाइन्छ।
भारतीय स्वतन्त्रता सँग्राम समेतका योद्धा वी.पी. कोइरालाको सक्रियतामा कार्तिक १५, २००३ -३१ अक्टुवर, १९४६)मा बनारसमा बस्ने नेपालीहरूलाई सँगठित गरी बाबु समानका -पिताजी कृष्ण प्रसाद कोइरालाका समकालिन) देवि प्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस नामक संस्थाको बनारसमा स्थापना भयो। प्रथम महाधिवेशन- वि.सं.२००३ माघ १२ र १३ )
सँगठनको रूपरेखा सिद्धान्त र कार्य प्रणालीको निश्चय गर्न वि.सं.२००३ माघ १२ र १३-January 25-26, 1947) गते विषेश गरी प्रवासी जुजारु नेपालीहरू तथा नेपालको जेल तोडेर आएका गणेशमान सिंह लगागत नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका नेपाली प्रतिनिधिहरूको सहभागिता भएको यस समारोहमा वी.पी. कोइरालाले सभापतित्व र डा. डिल्लीरमण रेग्मीले झण्डोत्तोलन गर्नु भएको थियो। भारतको कलकत्ताको भवानीपुरस्थित खालसा हाईस्कूलमा भएको प्रथम महाधिवेशनले यसको नाम परिवर्तन गरी नेपाली राष्ट्रिय काँग्रेस राख्यो।
भारतका तत्कालिन राष्ट्रपति आचार्य जे.वि. कृपालानी लगायत दर्जनौ भारतीय नेताहरूले शुभकामना सन्देश दिएको यस अधिवेशनले ३३ वर्ष युवा वी.पी. कोइरालालाई कार्यकारी सभापतिमा र नेपाल जेलमा आजीवन कारावाशको सजांय भोगेका टंकप्रसाद आचार्यलाई मानार्थ सभापतिमा चयन गर्यो। यस अधिवेशसनले, • राज्य स्थापनाको दैवि मान्यतालाई चुनौति दिंदै नेपाल र नेपाली जनताका र्सार्वभौम अधिकारको स्थापनाका लागि आफ्नु कर्तव्य नबुझ्ने राजा प्रजाको शत्रु हो भन्ने मूल मान्यतालाई आत्मसाथ गर्यो, • देशमा प्रजातन्त्र स्थापनाका लागि अहिंसात्मक जनक्रान्ति गर्ने उद्देश्य राख्यो, • सबै जात, धर्म, लिङ्ग, वर्ण आर्थिक अवस्थाका नेपालीहरू यस संस्थाको सदस्य र पदाधिकारी हुन सक्ने व्यवस्था गर्यो,
प्रथम मजदूर हडतालः -२००३ फागुन २०)
वि.स. २००३ साल फागुन २० गते नेपालको इतिहासमा पहिलोपल्ट विराटनगरका औद्यौगिक मजदूरहरूले बिहान सवा सातबाट ऐतिहासिक हडताल शुरु गरेका थिए। त्यसै हडतालमा त्यतिखेर त्यहाँको कारखानामा कार्यरत गिरिजा प्रसाद कोइरालालाई मजदूरहरूले आफ्नो अध्यक्ष चुनेका थिए। त्यो आन्दोलनलाई वी. पी.कोइराला र गणेशमान सिंहको पनि सहयोग र निर्देशन थियो। पछि हडताल दवाउने सिलसिलामा राणा शाहीले उहाँका आमा बहिनीहरू र मजदूर नेताहरू सहित उहाँलाई गिरफ्तार गरेर थुनेको थियो। राणा शाहीबाट भएका ज्याजती तत्काल रोक्न सरकारलाई नेपाली राष्ट्रिय काँग्रेसले ११ चैत, २००३ -२६ मार्च, १९४७)मा चेतावनी दियो।
प्रथम सत्याग्रहः -३० चैत्र, २००३)
मजदूर आन्दोलनको दमनबाट बन्दी भएका नेता तथा कार्यकर्ता लगायत विभिन्न आन्दोलनमा गिरफ्तार व्यक्तिहरूको रिहाई र नागरिक हकको स्थापनार्थ दवाद दिने कार्यक्रक तय गर्न २९ चैत्र, २००३ -१२ अप्रिल, १९४७)मा जोगवानीमा नेपाली राष्ट्रिय काँग्रेसको कार्यकारणी समिति र र्समर्थकहरूको भेला आयोजना भयो।
सो भेलाले जेलमा रहेका नेताहरूको रिहाइ तथा राणा विरोधी गतिविधि शसक्त बनाउन, जातीय विभेदताको अन्त्य गराउदै, गाँस, बास, कपासको मागलाई दुनियाँ समक्ष पुर्याउने, पार्टी सदस्य र र्समर्थक बढाउनका लागि देशव्यापी नेपाली मात्रको सहयोगमा सत्याग्रह गर्ने निर्णय गर्यो।
३० चैत्र, २००३ -१३ अप्रिल, १९४७) बाट नेपाली राष्ट्रिय काँग्रेसको आहृवानमा भएको सत्याग्रहमा पूर्वि पहाड, मधेस तथा काठमाडौँ उपत्यकामा नेपाली जनताको व्यापक सहभागिता रहृयो। व्यापक जनसहभागिता र दवावकाका कारण लाचार भै राणा प्रधान मन्त्री पद्मशमशेरले १६ मे, १९४७मा वैधानिक सुधार र राजवन्दी रिहा गर्ने निर्णय गर्नु परेको थियो। यो आन्दोलनबाट नेपाली काग्रेसलाई दरोगति प्राप्त भयो।
दोस्रो महाधिवेशन -२००४ माघ २०।२२)
तर त्यस सुधारको घोषणा पश्चात बनेको नेपालको वैधानिक कानून २००४ -26, Jan. 1948)ले जनताको हक, अधिकारको संरक्षण गर्न नसक्ने तथा जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ नगरेकाले नेपाली राष्ट्रिय काँग्रेसले यो विधानलाई अस्वीकार गरी आन्दोलनलाई देश व्यापी बनाउने तयारीका साथ बनारसमा २००४ माघ -२-४ फेब्रुअरी,१९४८)मा दोस्रो महाधिवेशन गर्यो। उक्त महाधिवेशनले ः • जनआन्दोलनको स्वरूप अहिंसात्मक हुने, • अहिंसात्मक लर्डाईको सबैभन्दा ठूलो हतियार जनताको सँगठन भएकाले जनताका कार्यहरूमा सहयोग गरेर जन जागरण मार्फ सँगठित र खुल्ला संस्था बनाउने, • देशमा नागरिक अधिकारको स्थापना गरी नागरिकबाट निर्वाचित जनप्रतिनिधिहरूको विधान परिषद् -संविधान सभा)ले देशको शासन व्यवस्थाको स्वरूप निर्धारण गर्ने -संविधान बनाउने) विषयलाई अगाडि बढायो।
युगवाणी पत्रिका मार्फ नेपाली राष्ट्रिय काँग्रेस र यसका नेताहरूले जनआन्दोलनको आवश्यकता, मर्म र उद्देश्यका बारेमा आफ्नो धारणाहरू क्रमसः र्सार्वजनिक गर्दै गए। आन्दोलनलाई अगाडि बढाउन जनताको सँगठन गर्ने उद्देश्यले १२ अक्टुवर, १९४८मा वी.पी. कोइराला, कृष्णप्रसाद भट्टराई र केदारमान व्यथितको साथ गोप्य रूपमा काठमाडौँ पुगे। यसै क्रममा करिव एक महिना पनि नहुदैँ वी.पी. कोइराला गिरफ्तार भए।
आफ्नो गिरफ्तारीलाई अझै सशक्त आन्दोलनको रूपमा अगाडि बढाउन उनले जेलमा राजवन्दीको स्थिति सुधारका लागि आमरण अनसन सुरु गरे। यसले देश विदेशमा हलचल पैदा गर्यो। अन्तराष्ट्रिय दवावका कारण उनलाई जेल मुक्त गरियो।
नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना – वि.सं.२००४ श्रावण १ )
नेपाली राजनीति जटिल मोडमा थियो। नागरिक अधिकारका लागि सँगठित संस्थाको आवश्यकता हुने समयमा नेपाली राष्ट्रिय काँग्रेसमा डिल्लीरमण रेग्मीको कारण फुट पैदा भएकाले छरिएको जनशक्तिलाई एकिकृत गर्ने मनसायका साथ सूवर्ण शमशेरराणाको सक्रियतामा महेन्द्र विक्रम शाहलाई सभापति बनाई वि.सं.२००४ श्रावण १ -१५ अगष्ट, १९४८)मा नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना भयो।
यस संस्थाले ३० डिसेम्बर, १९४८मा आफ्नो पहिलो महाधिवेशन भारतको कलकत्तामा गर्यो। नेपाली राष्ट्रिय काँग्रेसको जस्तै समान लक्ष्य बोकेका तर शक्ति पर्दर्शन गरेर (हिंसात्मक) भएपनि राणा विरोधी गतिविधि सञ्चालन गर्ने उद्देश्य राखी स्वंयसेवक दल समेत गठन गरी नेपाल प्रजातन्त्र काँग्रेसको मुख पत्रको रूपमा नेपाल पुकारको प्रकाशन मार्फ जनआन्दोलनको आवश्यकता, मर्म र उद्देश्यका बारेमा आफ्नो धारणाहरू क्रमसः र्सार्वजनिक गर्दै गयो।
तेस्रो महाधिवेशन -१८ फागुन, २००५)
जनआन्दोलनको आवश्यकता, मर्म र उद्देश्यलाई व्यापक बनाउने क्रमसँगै संस्थालाई जीवन्त राख्न नेपाल र नेपालीको उन्नतिका लागि बलिदान दिन चाहने युवाहरूलाई सँगठित गर्ने उद्देश्यका साथ १८ फागुन, २००५ -३ मार्च, १९४९)मा नेपाली राष्ट्रिय काँग्रेसको तेस्रो महाधिबेशन भारतको दरभङ्गामा सम्पन्न भयो।
चौथो महाधिवेशन -२७ चैत्र २००६)
जटिल मोडमा रहेको नेपाली राजनीतिले जनताको अधिकार वहाली गराउन नसकिने भएको कुरा महशुस गरी वी.पी. कोइराला र सूवर्ण शमशेरराणाको पहलमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेस बिच एकता कायम गर्ने वातावरण बन्यो।
१२ फागुन, २००६ -२७ मार्च १९५०)मा दुर्इ संस्थाका सभापतिहरू मातृका प्रसाद कोइराला र महेन्द्र विक्रम विक्रम शाहले संयुक्त प्रेश विज्ञप्ति जारी गरी दुबै संस्थाको एकिकरण गरेर मजवुत पार्टी निर्माणको आवश्यकता महशुस गरे।
मूलतः मध्यकालिन सामान्ती शासन व्यवस्थाद्धारा शोषित नेपाली जनताको स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्न ऐतिहासिक आवश्यकताको रूपमा एक शसक्त राजनीति पार्टीको निर्माण हुनुपर्ने आवश्यकतालाई समेत महशुस गरी २७ चैत्र २००६ -९ अप्रिल, १९५०)मा कलकत्ताको टाइगर हलमा नेपाली राष्ट्रिय काँग्रेसको चौथो महाधिवेशन सुरु भयो।
यस महाधिवेशमा दुवै पार्टीका प्रतिनिधिहरूको संयुक्त अधिवेशनबाट नेपाली कांग्रेस नामको यो लोक प्रिय संस्था स्थापना भई अनेक उतार चढाव पार गर्दै आजको अवस्थामा आइपुगेको छ। शहिद शुक्र, गंगा, दशरथ, धर्मभक्तहरूको परस्परामा जन्मेर सुव्वा देवी प्रसाद सापकोटा र कृष्ण प्रसाद कोईरालाहरूको प्रेरणा तथा जननायक विश्वेश्वर प्रसाद कोइराला, सुवर्ण शर्म्शेर ज.व.रा., गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्य प्रसाद उपाध्याय र गिरिजा प्रसाद कोइराला, शुशिल कोइराला, शेर बहादुर देउवा र रामचन्द्र पौडेल आदि देशभक्त नेताहरूको कुशल नेतृत्वमा ‘नेपाली कांग्रेस’ हुर्केर बढेको छ। सामन्ती, अधिनायकवादी र प्रतिक्रियावादी तत्वका विरुद्ध संर्घष् गर्दागर्दै थीरबम मल्ल देखि न्हुच्छे बहादुर प्रधानसम्म, धर्मध्वज गुरुङ्गदेखि दर्ुगानन्द झा र शिवचन्द्र मिश्रसम्म यज्ञ वहादुर थापा र भीम नारायण श्रेष्ठदेखि राम लक्ष्मण लीला गोकर्ण्र रामेश्वरसम्मका असंख्य असंख्य यसका सपूतहरू युद्धको मैदानमा वीरगति प्राप्त गर्न पुगेका छन्। त्यस्तै योगेन्द्रमान शेरचनदेखि दिवान सिंह र्राईसम्म र सरोज कोइरालादेखि तेज बहादुर अमात्यसम्मका यसका प्रखर नेताहरूले पञ्चायती सत्ताका आततायीहरूको हातबाट आफ्नो जीवन गमाउनु परेको छ। सबै मिलाएर हजारौं संख्यामा मातृभूमिको उद्धारका लागि यस पार्टीट सपूतहरूले आफूलाई बलिदान गर्दै आएको रोमाञ्चकारी परम्परा वि.सं. १९९७ देखि २०६२।६२ सम्मका जन-आन्दोलनहरूमा कायम रहृयो। त्यी महान सपुतहरू प्रति नेपाली कांग्रेस हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ।
प्रथम घोषणा-पत्रः -वि.सं.२००६)
नेपाली कांग्रसले आफ्नो प्रथम युगान्तकारी घोषणापत्र -२००६)मा समस्त देशवासीलाई आव्हान गर्दै भनेको थियो, • …अब हाम्रा देशवासीहरू यस घोर अन्यायका विरुद्ध जर्ुर्मुराएर उठ्नु आवश्यक भइसकेको छ। • अब यथाशीघ्र सम्पूर्ण अवन्नतिको जरा नै उखेलेर फ्याकिदिनु परेको छ। • तानाशाही सरकारलाई शीघ्रातिशीघ्र खतम गरी देशोन्नति गर्न हिम्मत गर्ने तरुणहरूले नेपाली कांग्रेसको स्थापना गरेको छन्। • सम्पूर्ण जनताको तागत बटुलेर एउटा अन्तिम आन्दोलन गरी स्वेच्छाचारी पारिवारिक शासनलाई उखेलेर फ्याक्ने निश्चय गरेको छ। • क्रान्ति पश्चात जनताका प्रतिनिधिहरूद्धारा निर्मित विधान अनुसार …… शासनको सम्पूर्ण वाग्डोर जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको हातमा रहने छ। …………… जनताप्रति उत्तरदायी शासन नै उत्तरदायी शासन हो। • यर् वर्तमान शासनको अन्त्य भइसकेपछि नेपाली काँग्रेसले बालिक मताधिकारका आधारमा चुनिएका जनप्रतिनिधिहरूको एउटा परिषद् वा सभा बोलाउने छ। यसै परिषद् वा सभालाई नेपाल जनराज्यको संविधान वा राज्य सञ्चालन सम्बन्धी नियम कानून बनाउने सम्पूर्णजिम्मेवारी सुम्पने छ। • य नेपाली काँग्रेस राजनैतिका साथै आर्थिक समानताका आधारमा उभिएको प्रजातन्त्रलाई आफ्नो आदर्श मान्दछ। समसामयिक परिवेशको गम्भिर मूल्याङ्कन गरिएको यस एकताको महाधिवेशनले महाधिवेशनले अहिंसात्मक रूपबाट परिवर्तनको सम्भावना नभएमा शसस्त्र क्रान्तिबाट भएपनि राणा शासनको अन्त्य गर्राई नेपालमा जनताको सरकार स्थापना गराउने लक्ष्य लिएको थियो।
महिला संघको स्थापनाः -२००४ —-)
नेपालको जागरणमा महिलाहरूको पनि उत्तिकै भूमिका छ। कुमारी लक्ष्मीदेवी र श्रीमती मंगलादेवी सिंह आदि महिलाहरूले ०७ साल पहिलेबाटै नेपाल महिला संघको शुरुवात गरेका थिए।
जयतु संस्कृतम् र नेपाली छात्र संघ-२००४ असार)ः
आधुनिक युगमा प्रवेश गर्न चाहने नेपालको छटपटी, ‘इतिहास, भूगोल र नागरिक शास्त्र पढ्न पाउँ भन्ने संस्कृतका छात्रहरूको तत्कालीन मागमा पनि अभिव्यक्त भएको थियो। २००४ असार १ -१५ जुन, १९४७)सालमा नै उपर्युक्त माग लिएर जयतु संस्कृतम् आन्दोलन शुरु भएको थियो।
उता त्रिचन्द्र कलेजमा अध्ययनरत छात्रहरूले पनि नेपाल छात्र संघको स्थापना गरी प्रजातान्त्रिक आन्दोलनमा आफूलाई सरिक गराएका थिए। यी दुवै संस्थाहरूले नेपाली कांग्रेसलाई प्रशस्त उर्जा र जनबल प्रदान गराएका थिए।
त्यस्तै देशभित्र र बाहिर खुलेका अनेकौँ राणा विरोधी संस्थाहरू, गोर्खा संसार र युगवाणी जस्ता पत्रिकाहरूले पनि नेपाली कांग्रेस र प्रजातान्त्रिक आन्दोलनलाई ठूलो सघाउ पुर्याएका थिए।
२००७ सालको क्रान्तिः
अहिंसात्मक आन्दोलनबाट जनताको र्सवोच्ता प्राप्त हुन नसक्ने परिस्थितिको मूल्याङ्कन गरी आन्दोलनलाई शशक्त बनाउन नेपाली कांग्रेसले २००७ असोज १० र ११ -२६, २७ सेप्टेम्वर १९५०)मा रौतहटको सीमानामा रहेको वैरगनीयामा रणनैतिक सम्मेलन आयोजना गर्यो।
यस सम्मेलनले शसस्त्र क्रान्तिबाटमात्र देशमा परिर्वन सम्भव छ भन्ने ठहर गरी सो क्रान्तिको सुप्रिम कमाण्डर पार्टी सभापति मातृका प्रसाद कोइरालालाई बनाउदै भित्री रूपले त्यसको सञ्चालनको बागडोर वी.पि. कोइराला र सुवणशमशेर राणालाई जिम्मा लगायो।
२००७ कार्तिक २१मा शसस्त्र क्रान्तिको पूर्ण तयारी भई सकेको थियो। यसै दिन राजा त्रिभुवनले नाती ज्ञानेन्द्र वाहेक सपरिवार गद्दीत्याग गरे। राणाहरूले ज्ञानेन्द्रलाई राजा बनाए। यसले क्रान्तिका लागि उर्जा थप्यो।
कार्तिक २४ गते- १० नोभेम्वर १०९५) हिमालयन एयरवेजको हवाइ जहाजद्वारा नेपाल चार भञ्ज्याङ भित्र र २७ गते नेपालभरि क्रान्तिकारी पर्चाहरू छरिए। थिरवम मल्ल र पूर्ण सिंहको नेतृत्वमा नेपाली कांग्रेसका क्रान्तिकारी योद्धाहरूले २५ गते राती र २६ विहान विरगन्ज आक्रमण गरी सफलता प्राप्त गरे। सयौं हतियार र लाखौ रूपयाँ संकलन भयो तर दर्ुभाग्यवस क्रान्ति योद्धा थिरवम मल्लले शाहदत प्राप्त गरे।
२६ मते नै नेपाली कांग्रेसको सशस्त्र मुक्ति सेनाले विराटनगरमा आक्रमण गर्यो। त्यैगरी क्रमशः भैरहवा, परासी, नेपालगञ्ज आदि ठाउँहरूमा पनि मुक्ति सेनाले आक्रमण गरे। देशभर क्रान्तिको दावानल दन्किन थाल्यो।
त्यस क्रान्तिमा नेपाली कांग्रेसले बर्माका नवशासनारुढ समाजवादीहरूबाट र केही अंशमा काश्मिरका शेख अब्दुल्लाबाट हातहतियार प्राप्त गरेका थिए र सो लुकाई छिपाइकन तिनलाई भारतको सीमा कटाएर नेपाल प्रवेश गराइएको थियो।
दिल्ली सम्झौताः
यता क्रान्तिकारीहरू युद्धका विभिन्न मोर्चाहरूमा ज्यानको बाजी लगाएर लडिरहेका थिए। उता क्रान्तिको प्रचण्ड ज्वालाबाट अत्तालिएका राणाशासकहरू आफूले पहिरेको राष्ट्रवादी मकुण्डोलाई पनि उतारी भारत सरकारको खुसामद गरी श्री ५ त्रिभुवनसँग वार्ता चलाइरहेका थिए। जे होस् क्रान्तिको चपेटामा परेको राणशाहीले जनताको सामु कुवतै १०४ वर्षम्मको आफ्नो वंशानुगत शासनलाई परित्याग गर्नुपर्यो। हुकुमी शासन हट्ने र त्यसको ठाउँमा जनताका प्रतिनिधिहरूको सरकार बन्ने र मुलुकको शासनभार प्रजातान्त्रिक ढंगबाट चल्ने जस्तो कुराहरूमा सहमतिमा पुगेर नेपाली कांग्रेसका क्रान्तिकारीहरूले परिस्थितिका आँकलन अनुसार युद्धबन्द गर्ने कुरा स्वीकारे गरे।
०७ साल फागुन ७को शाही घोषणाः
अन्य विविध कुराहरूका अतिरिक्त सो शाही घोषणमा उल्लेख भएको थियो-’……….औ हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभमले तर्जुमा गरेको गणतन्त्रात्मक संविधानको अनुसार होओस् भन्ने हाम्रो इच्छा र निर्णयभएकोले ………. इत्यादि।’ त्यस घोषण पश्चात् , नेपाली जनता अधिकार विहीन रैतीबाट र्सार्वभौम अधिकार सम्पन्न नागरिक बने। त्यस क्रान्लिे नेपाललाई आधुनिक प्रजातान्त्रिक युगमा प्रवेश गरायो। धेरैजसो पुराना रुढीवादी सामन्ती प्रथाहरू उखेलिए।
शिक्षा प्रसार शुरु भयो, स्कूल कलेज र केहीमात्रामा कल-कारखानाहरू खुल्न थाले। प्रशासनमा सुधार गरी लोक सेवा आयोग र स्वातन्त्र न्यापालिकाको स्थापना जस्ता परिपाटीको थालनी भयो। नेपाल पनि विश्वका अन्य देशहरू सरह नयाँ युगमा बामे र्सन थाल्यो।
अन्तिरम शासन विधान २००७ निर्माण -कानूनको शासन सुरुवाद २००७ चैत्र १७), राजपत्रको प्रकाशन -२००८ श्रावण), हरन थाल्यो। खान्गी, बेठ, बेगारी लगायतका उपहार तिर्नुपर्ने प्रथाको अन्त्य गरी मोही अधिकारको संरक्षण, हुन थाल्यो। दशैँ तिहार पर्व विदाको व्यवस्था, रेडियो नेपालको स्थापना -२००७ चैत्र २०)
षड्यन्त्र र प्रतिक्रान्तिका प्रयासहरूः
०७ सालको क्रान्ति पछि जब देशमा प्रजातन्त्र आयो र नयाँ प्रतिशीलबाटोमा देशले पाइला चाल्न थाल्यो त्यसबाट व्यथित हुनपुगेका प्रतिगामी तत्वहरूले अने षड्यन्त्र गर्न थाले। एकातिर भर्खरै सत्ताबाट हटाइएका तत्वहरू ‘खुकुरी दल खडा गरी जनतालाई आतङ्कति पार्दै क्रान्तिकारी गृहमन्त्री वी.पी. कोइराला उपर जाइलाग्न समेत पुगेका थिए भने अर्कोतिर शाही दरबार विस्तारै सारा शक्ति आफ्नो हातमा केन्द्रित गर्ने चालहरू चल्दै थियो। यही मौका पारेर केही विदेशी शक्तिहरू पनि आफ्नो दुनो साझ्याउने दाउमा थिए। यसप्रकार ०७ सालपछिको इतिहासमा नेपाली कांग्रेसले अनेक मोर्चामा लर्डाई लड्दै आउनु पर्यो।
भिन्न आदर्श, मान्यता र संस्कार भएका व्यक्तिहरूको संयुक्त सरकार लामो समय टिक्न सकेन। राणाहरूको संकारमा परिर्वन नआएकोले उनीहरूसँग सगै बसेर कार्य गर्दा जनताको सर्वोच्ता कायम हुन नसक्ने निक्र्योलमा पुगी २६ कार्तिक २००७मा वी.पी.कोइरालाले रेडियो नेपालबाट बक्तव्य प्रसारण गरेपछि नेपाली काँग्रेसका मन्त्रिहरूले सामुहिक राजिनामा दिए।
अनि नेपाली कांग्रेसका अध्यक्ष मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा २००८ मंसिर १ गते नेपालको पहिलो नागरिक मन्त्रिमण्डल बन्यो। सरकारका सामुन्ने नागरिक अधिकारको बहाल गराउने, विधान परिषदको निर्वाचन गराउने तथा समग्रमा जनताको जीवनस्तरमा सुधार ल्याउने ठूला चुानैतिहरू थिए। यसै बीचमा देशका षड्यकारी शक्तिहरूले के.आई सिंहलाई अघि सारेर सैनिक व्रि्रोह गर्राई अधिनायकवादतिर मुलुकलाई धकेल्ने असफल प्रयास पनि गरे। त्यो षड्यन्त्रको चपेटमा परेर नेपाली कांग्रेसको बाहुबलको रूपमा रहेको मुक्तिसेना विघटन हुनपुग्यो।
मुलुकको चुनौतिलाई सामना गर्न, मुलुक सञ्चालनको पद्धती, जनताका आवश्यकताहरू र तिनको परिपर्ूर्तिका लागि गर्नुपर्ने उपाय, पार्टींचालन विधि समेतमा आफ्नो धारणा सहित २५ चैत, २००८मा नेपाली काँग्रेसका लागि लोकतान्त्रिक समाजवादी घोषण पत्र २००८ काँग्रेस जनहरूका बीच छलफलका प्रकासित भयो।
पाँचौँ महाअधिवेशन- जेठ १०-१३, २००९)
क्रान्तिको उपलब्धिको रक्षार्थ जनचेतनाको अभियान कै क्रममा जेठ १०-१३, २००९मा जनकपुरमा वी.पी.कोइरालालाई सभापतिमा चयन गरी नेपाली काँग्रेसको पाँचौँ महाअधिवेशन सम्पन्न भयो। यस महाअधिवेशनले ः
छोटो समयमै महान राजनैतिक क्रान्ति सफलता पर्ूवक सम्पन्न गर्न सकेकोमा गर्व गर्दै क्रान्तिका सबै शहीद र योद्धाहरू प्रति श्रद्धा र सम्मान प्रकट गर्यो, आन्दोलनका कमाण्डर देश र जनतालाई र्सार्वभौमसत्ता सम्पन्न बनाउने विश्वास भएको सबैभन्दा ठूलो राजनीति पार्टीे.काँ.को अध्यक्षका हैसियतले मातृका प्रसाद कोइराला नेपालको पहिलो नागरिक प्रधान मन्त्री भएबाट राष्टिय संर्घषाको एक सानदार अभियान समाप्त भएको उद्घोष गर्यो, यसभन्दा अगाडिका माहाधिवेसनहरूमा राखिएको राजनितिक उद्देश्य प्राप्तिका लागि ठोस अभियान सञ्चालन गर्ने, जिम्मेवारीलाई राजनैतिक र आर्थिक दिशाबाट सम्पन्न गर्नुपर्ने, प्रजातान्त्रिक संस्थाको रूपमा राज्यको राजनैतिक ढाँचा निर्धारणः जनप्रतिनिधिले नै मुलुको शासन पद्धति तयार गर्नु पर्ने भएकाले विधान परिषदको निर्वाचन गरी उनीहरूले तयार गरेको विधानका आधारमा मुलुकको शासन सञ्चालन गर्ने, जनप्रतिनिधि सभाको रूपमा संसदको निर्माण गर्ने, नागरिक अधिकार तथा कानूनी शासनको संरक्षणका लागि स्वतन्त्र न्यायालयको निर्माण गर्ने, विकेन्द्रीत शासन प्रणाली-अञ्चल, जिल्ला र गाँउ सँगठन निर्माण गरी जनताको प्रतिनिधि मार्फ स्थानीय शासन सञ्चालन गर्ने। सामाजिक न्याय प्रदान गर्ने संस्थाको रूपमा राज्यको आर्थिक ढाँचा ट्ट भूमिमा व्यापक सुधार -विर्ता, वटैया प्रथाको अन्त्य, सहकारी खेति प्रणाली, अन्न कोष वा धर्म भकारीको निर्माण गर्ने ) ट्ट औद्योगिक नीति निर्माण गर्ने, ट्ट वैदेशिक नीति निर्माण गर्ने,
पार्टी फूटः
जुन हौसलाको साथ नेपाली कांग्रेस देश विकासको मार्गमा अगाडि बढ्न चाहन्थ्यो त्यो भावनासित प्रधानमन्त्री तथा अध्यक्ष मातृका प्रसाद कोइरालाले कदमहरू चाल्न नसक्नु भएकोले पार्टी मनोमालिन्यको शुरुवात भयो।
पाँचौँ महाधिवेसनले थपेको जिम्मेवारी नेपाली काँग्रेसले सरकार मार्फ पुरा गर्नुपर्ने भएकाले सरकारलाई अनुशासित र जिम्मेवार बनाउनु पर्ने दायित्व पनि पार्टीे थियो।
त्यसैले केन्द्रीय समितिको निर्णयनुसार सरकारको शुद्धिकरणका लागि केही निर्देशन दियो। विवादको घेरामा परेका मन्त्रीहरूलाई फिर्ता बोलाइयो। तर नेपाली काँग्रेसको प्रधान मन्त्रीको रूपमा निययुक्त मातृका प्रसाद कोइरालाले पार्टीे निर्देशनको अवज्ञा गरे। विवाद बढ्दै गएकाले विवादको निरूपणका लागि काठमाडौँको विशालनगरमा पार्टीे विशेष महासमितिको बैठक डाकीयो। बैठकमा प्रधान मन्त्री अल्पमतमा परे पछि बैठक बहिस्कार गरेर गए।
वि.सं. २००९ श्रावण ८-२३ जुलाई, १९५२) २४ घण्टाभित्र सरकार छाडेर आउन प्रधान मन्त्रीलाई निर्देशन दिइयो। निर्णयो अवज्ञा गरेकाले वि.सं. २००९ श्रावण १० -२५ जुलाई, १९५२)मा मातृका प्रसाद कोइराला, नारदमणि थुलुङ्ग र महाविर शमशेरलाई क) राजालाई शक्तिशाली बनाएको, ख) भूमिसुधार कार्यक्रम लागर्ूगर्न नसकेको, ग) भारतलाई अनावश्यक खेल्न दिएको, घ) पार्टीति उत्तरदायी नभई स्वइच्छाचारी सरकार चलाएको आरोपमा पार्टीदस्यबाट निस्कासित भए।
त्यसको लगतै मातृका प्रसाद कोइरालाले नेपाल प्रजा पार्टी रूपमा नयाँ पार्टीोले। वि.सं. २००९ श्रावण २२मा प्रधान मन्त्रीको पदबाट राजिनामा दिए। राजाको नेतृत्वमा परामर्शदात्री र नेपाल प्रजा पार्टी े सरकारकगठन वि.सं. २००९ श्रावण ३०मा राजाको नेतृत्वमा परामर्शदात्री सरकारको गठन भएकाले २००७को क्रान्तिको मर्ममा आघात पुर्याउने काम भयो। विधान सभाको निर्वाचन गराएर जनप्रतिनिधिको सरकार बनाई लोकतन्त्र बजबुत बनाउने कुरा ओझेलमा पारियो।
राजाको नेतृत्वमा परामर्शदात्री सरकारको विरोधमा नेपाली कांग्रेसले मुलुक व्यापी अभियान चलायो। वि.सं. २०१० बैशाख, जेठमा नेपालको पर्ूर्वि तराइमा भूमिसुधारका लागि किसान व्रि्रोह सुरु भयो। मलपोत नबुझाउने घोषणा गरे।
यो आन्दोलनको प्रभाव तौलिहवा र पोखरासम्म फैलियो। सरकारले व्रि्रोह शान्त पार्न नसकेकाले वि.सं. २०१० असार २ गते परामर्शदात्री सरकार विघटन भयो । त्यस पछि पनि मुलुकले निकास पाएन। पुनः नेपाल प्रजा पार्टीे नेताका रूपमा मातृका प्रसाद कोइरालाको नेतृत्वमा वि.सं. २०१० असार २ गते नयाँ सरकार बन्यो।
नेपाली कांग्रेसको दोस्रो सत्याग्रहः
लोकतन्त्र जोगाउन नेपाली कांग्रेससँग आन्दोलनको विकल्प रहेन। यसै सिलसिलामा २०११ साल पौष २६ गते निम्नलिखित ६ सुत्रीमागको आधारमा नेपाली कांग्रेसले देशव्यापी सत्याग्रह शुरु गर्यो। १. शान्ति सुरक्षा कायम होस् – ज्यू धनको रक्षा होस् २. नागरिक हक सुरक्षित होस् – स्वतन्त्र न्यायालय कायम होस् ३. सल्लाहकार सभा धोखा हो – आम निर्वाचन चाँडो होस् ४. चामलको भाउ सस्तो होस् – महंगी चाँडो हटाइयोस् ५. मुद्राको नियन्त्रण होस् -नोटको भाउ घटाइयोस् ६. हाम्रो स्वतन्त्रता गुम्न नपाओस् – देशको इजत बाँची रहोस्। २६ र २७ गते दुर्इदिनसम्म सत्याग्रह चलेपछि राजकीय परिषदबाट मागहरू पूरा गरिदिने स्वीकृति प्राप्त भएकाले नेपाली कांग्रेसका अध्यक्ष वी.पी. कोइरालाले “सत्याग्रहको विजय भएकोले” सत्याग्रह स्थगित गर्न आव्हृान गर्नुभयो।
छैठौं महाअधिवेशन र समाजवादी घोषणा – वि.सं. २०१२ माघ १० र ११):
वि.सं. २०१२ माघ १० र ११मा विरगन्जमा सुवर्णशमशेरलाई सभापति बनाई नेपाली कांग्रेसको छैठौँ महाअधिवेशन सम्पन्न भयो। महाअधिवेशनले ः • लोकतन्त्रवादका आधारमा समाजवाद र प्रजातन्त्रको सुदृढ गठबन्दनबाट समाजवादी समाजको निर्माण गर्ने, • सामाजिक न्यायका आधारमा आर्थिक संवृद्धिका लागि भूमि सुधार र औद्योगिकरण गर्ने, • धार्मिक, जातीय, वाणिर्क र लिङ्गीय निरपेक्षताका आधारमा प्रजातान्त्रिक समाजवादको स्थापना गर्ने, • सामाजिक रूपान्तरणका लागि विकेन्द्रीकरण कार्यक्रम लागु गर्ने, • संविधान सभाको निर्वाचन तत्काल गर्न दवाव दिने, • एशियाई समाजवादी सम्मेलनको सदस्यता लिने, • समाजवादी समाज निर्माणका लागि राष्ट्रिय योजना समिति निर्माण गर्ने लगायत विभिन्न १८वटा प्रस्तावहरू पारित भएको देखिन्छ।
वी.पी. द्वारा प्रस्तुत समाजवादी घोषणपत्र स्वीकृत भएपछि सभापतिको हैसियतले श्री सुवर्ण शमशेरले -”हामीले समाजवादी व्यवस्था मात्र नेपालको बाटो हुन सक्दछ भनी आफ्नो लक्ष बनाउका छौं। समाजवादी व्यवस्था प्रजातन्त्रात्मक साधन र उपायबाट प्राप्त गर्न संकल्प गरेका छौं।………” भन्नु भएको थियो। यस भन्दा अगाडि नै भारतीय उपमहाद्वीपका प्रखरसमाजवादी व्यक्तित्वका रूपमा नेपाली कांग्रेसका नेता वी.पी. कोइरालाले व्यक्तिगत हैसियतमा २०११ सालमा जापानमा भएको एशियाली समाजवादी सम्मेलनमा भागलिई सक्नु भएको थियो। पंक्षि ०१३ सालमा बर्म्र्ब्इमा भएको द्वितीय एशियाली समाजवादी सम्मेलनमा नेपाली कांग्रेसले त्यस सँगठनको पूर्ण सदस्यता प्राप्त गर्यो। बर्म्बई सम्मेलनकै निर्णयबमोजिम नेपाली कांग्रेसको आयोजनामा २०१४ साल चैत्र १३,१४ र १५ गते एशियाली समाजवादी संघको तेस्रो सम्मेलन काठमाडौमा सम्पन्न भयो। भारत, पाकिस्तान, वर्मा, जापान, पश्चिमी इजरायल, इन्डोनेशिया र भियतनाम समेतका प्रतिनिधिहरूले भाग लिएको र अनेक उपलब्धि हासिल गर्न सफल रहेको उक्त सम्मेलन नेपालमा सम्पन्न हुनाले नेपाली कांग्रेसको मात्र हैन राष्ट्रकै प्रतिष्ठानलाई त्सले बढाएको थियो।
नेपाल तरुण दलः
नेपाली कांग्रेसको समाजवाद प्रतिको पहिले देखिको आस्थाको पृष्ठी २०१० साल कार्तिकमा देशका तरुण विद्यार्गीहरूमा प्रजातान्त्रिक समाजवादप्रति आस्था जोगाउने उद्देश्यका साथ नेपाल तरुण दलको गठन हुनुले प्रमाणित गर्दछ।
विराटनगरमा भएको विशेष महाअधिवेशन-२०१४ जेठ १० )
वि.सं. २०१४ जेठ १०मा विराटनगरमा भएको विशेष महाअधिवेशनले वी.पी. कोइरालालाई सभापति बनायो।
तेस्रो सत्याग्रह -भद्र अवज्ञा आन्दोलन)ः-२०१४ मंसिर २२)
०७ सालको लगत्तै शुरु भएको दरवारीय षड्यन्त्रले संविधान सभाको निर्वाचनलाई अनेक बहानामा टार्दै लगेर क्रान्तिको भावना विपरीत वास्तविक प्रजातन्त्रको विकासमा बाधा पारियो। राज महेन्द्रले त एक पछि अर्को प्रयोग गर्दै प्रजातन्त्रके खिल्ली उडाउने काम गरे। प्रजातन्त्र भनेको यस्तै रहेछ। भन्ने वितृष्णा जनतामा उब्जाउने कुचाल चालियो।
परिणामतः नेपाली कांग्रेसले बाध्य भएर फेरि एकपल्टै देशव्यापी सत्याग्रहमा उत्रन अग्रसर हुनुपर्यो। राजाको निर्वाचन टार्ने नियतबाट रुष्ट भएका विभिन्न पार्टीले समेत नेपाली कांग्रससँग मिलेर आन्दोलनमा भाग लिन तयार भए। “निर्वाचनको तिथि तोकियोस्” भन्ने प्रमुख माग राखेर २०१४ साल मार्ग २२ गतेदेखि ‘भद्र अवज्ञा आन्दोलनको नामबाट सत्याग्रह शुरु भयो। पार्टी कार्यकर्ताहरूले सक्रियतापर्ूवक अग्रिम भूमिका निभाए। त्यसले गर्दा पार्टीे इज्जत प्रतिष्ठा निकै बढ्थो र पछि निर्वाचनमा फाइदा पुग्न गयो।
दुर्इमहिनासम्म चलेको सत्याग्रह आन्दोलनका कारण राजाले बाध्य भई वि.सं.२०१५ फागुन ७बाट संसदको निर्वाचन गर्ने घोषणा गरे। नेपाली कांग्रेस संविधान सभाको निर्वाचनको पक्षमा थियो तर परिस्थिति प्रतिकुल। यस्तो परिस्थितिको निरूपण गर्न तत्काल २०१४ माघमा विरगन्जमा महासमितिको बैठक आयोजना गरी आमनिर्वाचन सम्पन्न गर्न सहयोग गर्ने गरी सत्याग्रह आन्दोलन स्थगित गर्यो।
नेपालको त्यतिखेरको राजनीतिमा निर्वाचन संविधान सभाको लागि संसदको लागि – भन्ने विवाद निकै समयसम्म चल्यो। नेपाली कांग्रेस र कम्यूनिष्ट पार्टीाहेक प्रायः सबै पार्टी राजा भएको मुलुकमा निर्वाचन संसदकै लागि हुनुपर्छ, संविधान राजाले दिनर्ुपर्छ भन्ने अडानमा थिए। नेपाली कांग्रेस भने ०७ सालको शाही घोषणाले प्रदान गरेको संविधान सभाको अधिकार जनताले पाउनु पर्छ भनेर संघर्ष गरिनहेको थियो। तर राजाले माध १९ गते एक घोषणद्वारा निर्वाचन संसदकै लागि हुन्छ भन्ने घोषणा गरेपछि पार्टी ठूलो धर्म संकटमा पर्यो। संसदका लागिको निर्वाचनमा भाग लिउँ भने आफ्नो अडान छाड्नु पर्ने। भाग नलिउँ भने अन्य पार्टीले काङ्ग्रेस चुनव चाहँदैन भनेर आरोप लगाउने र बहिष्कारको राजनीतिले आफै बहिष्कृत हुने खतरा उत्पन्न हुने खतरा उत्पन्न हुने। त्यसो भएर वी.पी.ले फागुन २९ गते नेपाल पुकारमा एक लेख लेखर निश्चय नै शाही घोषणालाई प्रजातन्त्रको घोषणा पत्र भन्न मिल्दैन र सैद्धान्तिक दृष्टिबाट त्यसको सफलता पूर्वक आलोचना गर्न सकिन्छ। तर राजनैतिक सिद्धान्त विश्वासको वस्तु मात्र हैन व्यवहारको विषय पनि हो। यदि कुनै पनि कुराले आजको असैहा स्थितिमा सुधार ल्याउँछ भने त्यो ग्राह्रा हुन्छ।………..’ भन्नुभयो।
परिणामतः तत्कालीन सबै पार्टी सो निर्वाचनमा भाग लिने निर्णय गरे। निर्वाचन सम्पन्न गराउन नेपाली कांग्रेसका नेता श्री सूवर्ण शमशेरको अध्यक्षतामा विभिन्न पार्टी नेताहरू सम्मिलित भएको मन्त्रिपरिषद् गठन भयो।
सातौँ महाअधिवेशन-२०१६ बैशाख २५ देखि ३१)
वि.सं. २०१६ बैशाख २५ देखि ३१ सम्म काठमाडौँमा भएको सातौैँ महाअधिवेशनले वी.पी. कोइरालालाई पुन पार्टीभापति बनायो।
प्रथम आम निर्वाचन र नेपाली कांग्रेसको सरकारः
पर्ूव निर्धारित कार्यक्रम अनुसार नेपालमा पहिलो आम निर्वाचन २०१५ सालको फागुन ७ गतेबाट प्रारम्भ भयो। त्यसमा नेपाली कांग्रैसले रुख चिन्ह लिएर लडेको थियो। जम्मा १०९ सिट मन्धे ७४ सिट प्राप्त गरी नेपाली कांग्रेसले शानदार विजय हासिल गर्यो। त्यतिखेरको चर्चा अनुसार राजा महेन्द्रलाई कांग्रेसले यति धेरै सिट प्राप्त गर्न सक्ला भन्ने एक अंशमा पनि लागेको थिएन। कसैको पनि बहुमत आउने छैन र त्यसमा आफूले खेल्ने ठाउँ प्रशस्त रहने छ भन्ने सोचेर नै निर्वाचन गराएका थिए।
बल्ल तल्ल २०१६ साल जेठ १३ गते नेपाली कांग्रेसका नेता श्री विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा नेपालमा प्रथम जन निर्वाचित सरकारको गन भयो। त्यस सरकारको उपप्रधानमन्त्रीमा श्री सूवर्ण शमशेरर अन्य वरिष्ठ मन्त्रीहरूमा गणेशमान सिंह, श्री सूर्यप्रसाद उपाध्याय र रामनारायण मिश्र आदि हुनुहुन्थ्यो। प्रथम संसदका सभामुख कृष्णप्रसाद भट्टराई र उपसभामुख श्री महेन्द्र नारायण निधि हुनुहुन्थ्यो।
कांग्रेस सरकारका कार्यहरू ः
नेपाली कांग्रेसको सरकारले भर्खरै सम्पन्न निर्वाचनका अवसरमा जनतासँग गरेको कवूल अनुसार विभिन्न महत्वपूर्ण कदमहरू चाली दुःखी जनताको उद्धार गर्ने र देशलाई अघि बढाउने कार्यमा आफूलाई सरिक गरायो।यस मन्त्री मण्डलले ः • स्वतन्त्र र निस्पश्य न्यायालयको विकास, • प्रशासनिक सुधार, • विकेन्द्रिकरण कार्यक्रमका लागि जिल्ला जिल्लामा विकास बोर्ड गठन, • आर्थिक सुधार, • जिल्लाको कुल आम्दानीको १० प्रतिशत रकम सोहि जिल्लामा खर्च गर्ने नीति, • कर्मचारीको तलव वृद्धि, • भ्रष्टाचार विरुद्धको अभियान, • विर्ता उन्मुलन ऐनको व्यवस्था, • सम्पत्ति करको व्यवस्था, • जंगलको राष्ट्रियकरण, • मुद्रा प्रचलनमा एक रूपता, • औद्योगिक विकास संघको स्थापना, • शान्ति सुरक्षाको प्रत्याभूति, • राष्ट्रिय योजना समितिको निर्माण, • राज्यरजौटा उन्मूलन, • सहकारी संस्थाहरूको गठन, • ग्राम विकास शुरुवात, • रोयल नेपाल एयर लाइन्स कर्पोरेशनको राष्ट्रियकरण्,ा • राजमार्गको र्सर्भेक्षण, हवाई यातायातको विस्तार र पुलहरूको निर्माण, • सिंचाई तथा कृषि विकास क्षेत्रमा मुलुकभरि अनेकौं परियोजना शुरु, • कांग्रेस सरकारले देशभरि स्कूलहरू, • देशको प्रथम विश्वविद्यालय-त्रिभुवन विश्वविद्यालयको स्थापना, • त्यस्तै बालाजु औद्योगिक क्षेत्रको स्थापना, • चिनी र चुरोट कारखानाहरूको स्थापना, • देशभरि घरेलु उद्योगहरूको शुरुवात, • नेशनल ट्रेडिङ्गको स्थापना र बढी अन्न उब्जाउँ जस्ता अभियानहरू समेत सञ्चालित हुन थाले। • देश विकासका लागि सुव्यबस्थित बजेट र योजनावद्ध आर्थिक विकासको गतिशील मार्ग अँगालेर नेपाली कांग्रेस अग्रसर हुन लागेको देखेर यहाँका सामन्ती प्रतिक्रियावादी तत्वलाई अखप हुन थाल्यो। यसो त त्यस तत्वले राजालाई अगाडी सारेर प्रजातन्त्र विरुद्ध षडयन्त्र गर्ने दाऊ पहिलेदेखि गर्दै आएको थियो। कांग्रेस सरकार गठन भएको छ महिना पुग्दा नपुग्दै ०१६ साल माघ १६ गतेको राजाको नेपालगञ्ज भाषण मै त्यस्तो नियत झल्केको थियो। जनहित संघ खडा गर्राई विर्ता उन्मूलनको विरोध गराउने कर्मवीर महामण्डप अघि सरेर गोर्खा काण्ड घटाउने र पश्चिम १ नम्बर काण्डलाई उक्साउने जस्ता षडयन्त्रहरू हुँदै गए।
यसै विच ०१७ साल बैसाखमा नेपाली काग्रेसको सातै महादिवेसन भब्यताका साथ सम्पन्न भयो माहाधिवेसनमा वी.पी कोइराला अत्याधिक बहुमतले पुन अध्क्ष्यमा निर्वाचित हुनु भयो महाधिवेसन पश्चात निस्केको र्याली अभूतपूर्व थियो यसको सफलताबाट प्रतिगामि तत्वहरू भित्र भित्रै कुडिएका थिए।
घरेलु मालामालमा जस्तै विदेशी नीति सम्बन्धमा पनि निकै सफलता साथ नेपाली काग्रेसको सरकारको कार्य गर्दै थियो असँग्लनाको नीतिलाई सक्रियताका साथ अङ्गाली विश्वका कयाँै मुलुकहरूसँग दौत्य सम्वन्ध कायम गर्दै नेपालको अन्तराष्ट्रिय सर्म्पर्क र प्रतिस्ठानलाई बढाएको थियो। भारत र चिन जस्ता छिमेकीहरूसँग सीमा सम्बन्धी विवाद हुन वा व्यापार फस्टाएको थियो। पारवहन सम्बन्धी यावत् समस्याहरूको कुसलतापर्ूवर्क छिनो फानो गर्दै नेपालको हित ,इज्जत र सम्मानलाई उचा राख्ने काम त्यस सरकारले गरेको थियो।
०१७ सालको प्रतिगामी कदम
०७ सालको क्रन्तिले निर्धारित गरेको संवैधानिक राज्य- तन्त्रको सीमाभित्र राजाले बस्न नचाहेको र पटक पटक बचन भंग हँदै आएको अनेक उदारण थिए। अन्ततोगत्वा २०१७ साल पुस १ गते पल्टनको प्रयोग गरी नेपाल तरुण दलको सम्मेलन स्थलबाट प्रधानमन्त्री वी.पी कोइराला, मन्त्रीहरू गणेशमान सिंह, र्सर्ूय प्रसाद उपाध्याय तथा सभामुख कृष्णप्रसाद भट्टराई समेतका नेताहरूलाई गिरफ्तार गरी नेपाल र नेपालीको हित अभिवृद्धिमा सततः संलग्न रही १८ महिना पनि काम गर्न नपाउदै नेपाली काग्रेसको जन निर्वाचित मन्त्री मण्डललाई विघटन मात्र हैन जनताको संसदलाई समेत भंग गरी श्री ५ महेन्द्रले कलिलो प्रजातन्त्र उपर साँधातिक आक्रमण गरे त्यस राष्ट्रघाती काण्डमा नेपालका सबै पार्टी तमाम राजनैतिकायकर्ताहरूलाई हजारैI संख्यामा गिरफ्तार गरी घोर दमन नीति अपनाइयो संसदीय सरकार भंग गर्दा जनतालाई आफ्नो पक्षमा तान्न जे जति आरोप काङ्ग्रेस सरकार उपर राजाले लगाउन खोजेका थिए ती मध्ये एउटा पनि प्रमाणित आरोप थिएन। अराष्ट्रिय तत्वले प्रोत्साहन पाएको भन्ने जस्तो गम्भिर आरोपलाई कहिल्यै कुनै न्यायीक निकायद्धरा प्रमाणित गराउने हिम्मत राजा महेन्द्रबाट हुन सकेन त्यसबाट स्पस्ट हुन्छ राजाले त्यो कदम केवल आफ्नो असिमीत शक्तिको पिपासा तृप्त गर्ने महत्वकांक्षाको परिणाम मात्र थियो।
यस्तो प्रतिगामि कदमका सामु पनि आस र त्रासमा अल्झेका कतिपय मै हु भन्ने राजनेता र पार्टि हरूले शिर निहु राएर ठूलो गल्ती गर्न पुगे भने नेपाली काग्रेसले त्यस प्रजातन्त्र विरोधि कदमको डटेर मुकावला गर्ने अठोट गर्यो गिरफ्तारी बाट बचेका नेता र कार्यकर्ताहरूले भूमिगत रहेर पर्चा पम्प्लेट र माइकिङद्धरा शाही कदमको विरोध जनाएको मात्र हैन कयौ विरोध प्रदशन पनि आयोजना भए जोशीला युवती हरूले स्वयम राजालाई कालो झण्डा देखाएर आफ्नो आक्रोश व्यक्त गरे त्यस कदमको शशक्त प्रतिकार गर्ने उद्धेश्यले नेपाली काग्रेसका कयै कायकर्ता भारतमा निवासन हुन पुगे उप- प्रधान मन्त्री श्री सुवण शमशेर पहिले नै विदेश जानु भएको थियो त्यो घट्ना पछि उहाँ भारतमै रही प्रतिरोध आन्दोलनको नेतृत्व गर्न लाग्नुभयो
राजाले आफ्नो महत्वकाक्षाको बाटोमा राजनैतिक पार्टि हरूको अस्तित्व नै बाधक सम्झेर ०१७ साल पुस २२ गते देशका तमाम पार्टी उपर प्रतिबन्धको घोषणा गरे। भारतमै रहनु भएका श्री सुवर्णशमशेरले जनवारी १८मा एक बक्तव्य प्रकासित गरी राजाको कदमलाई चुनैती दिदै नेपालमा अब शाहि कदमको बिरुद्ध अँाधी आउँदैछ भनेर घोषणा गर्नुभयो। जनवारी २४,२५मा पटनामा सम्पन्न नेपाली काग्रेसको सम्मेलनले पुस १ गते प्रजातन्त्र बिरोधि प्रतिगामि कदमका बिरुद्ध प्रतिरोध आन्दोलन चलाउने निर्णयगर्यो। पहिलो चरणमा देशभरि प्रजातन्त्र पुनस्थापना का लागि जनतालाई एक जुट हुन आहृवान गर्दै पर्चा पम्प्लेट आदि द्धरा प्रचारहरू गरिए।
नेपाली कांग्रेसका नेता सुवर्णशमशेरको आहृवानमा वि.सं. २०१७ माघ १२ देखि १३ सम्म भारतको पटनामा विशेष सम्मेलन गरी सुवर्णशमशेरलाई कार्यकारणी सभापति र आन्दोलनको कमण्डर चयन। मुलुक व्यापी अहिंसात्कम आन्दोलनको घोषणा।
प्रमुख प्रतिपक्षि गोर्खा परिषद् लगायतका सानादलहरूको नेपाली कांग्रेसमा समायोजन। मुलुक व्यापी अहिंसात्कम आन्दोलनका क्रममा २००० भन्दा बढी गिरफ्तार। अहिंसात्कम आन्दोलनबाट परिवर्तन सम्भव नभएकाले सुवर्णशमशेरको कमण्डरसीपमा वि.सं. २०१८ मंसिरबाट शसस्त्र आन्दोलनको घोषणा।
दोस्रो चरणमा २०१८/०१९ सालको अवधिमा नेपाली काग्रेसले इलामको च्याङथापु देखि जनकपुर भरतपुर गुल्मी र बझाङ सम्म देशभरी सशस्त्र प्रतिरोध आन्दोलन चलायो जगत प्रकाशजंग शाह हरि प्रसाद गुरुङ्ग बुद्धसिं राना शशेर बहादुर लालध्वज गुरुङ्ग र ओमजंङ्ग सम्मका अनेकै व्याक्तिहरू मध्य कतिको युद्ध भूमिमा नै विर गती प्रप्त भयो भने कतिलाई गिरफ्तार गरेर राखी सकेपछि जिउदै खाल्डोमा पर्ुर्ने वा मौलामा बाधेर जस्ता अमानुसिक र निशंस तरीकाले मारियो।
जनकपुर काण्डका दर्ुगानन्द झालाई फासीमा झुण्डायाइयो भने बिभिन्न ठाउँबाट पक्रेर दलसिं र अरबिन्द सहित सयै मानिसलाई कठोर यातना र आजीवन कारावाससम्मका सजायहरू दिइए। जती सुकै निर्मम प्रहार खप्नु परेपनि नेपाल आमाको मुहार हसिलो पार्न प्रजातन्त्रको बलीदेदीमा आफुलाई समर्पित गरेका नेपाली काग्रेसका योद्धाहरूले हरेस खाएनन् र पञ्चायती तानाशाहि शक्तिका विरुद्ध सशक्त रूपमा लडी नै रहे।
यसै बिच छिमेकि भारत र चीनका बीच युद्ध भयो। ततपश्चात चिनिया विदेशमन्त्री चेन यीले नेपाली काग्रेसको प्रतिरोध आन्दोलनलाई लक्षित गरेर “नेपालमा कसैले कुनै भूमिबाट आक्रमण गर्छ भने चीन चुप रहने छैन “भन्ने गम्भीर खालको वक्तव्य दिए। दुर्इठूला छिमेकी बीच चलिरहेको छिनारूपटिमा कहि नेपाल ” साढेको जुधान बाछाको मिचाइ “मा पर्ने हो कि भन्ने भय पनि उत्पन्न भयो र आखिर यस्तौ किसिमका विशेष गरी बोहा कारणले गर्दा नेपाली काग्रेसले बाध्य भै संघर्षस्थगीत गर्नुपर्यो।
तत्कालिन अन्तराष्ट्रिय परिस्थितिमा -सन् १९६२) भारत चिन विवाद अत्यन्त सिखरमा पुगेको, सामरिक महत्वका कारण दुवै देशबाट नेपालको स्वधिनता र भूभाग खतरामा परेकोले राष्ट्रियताको संरक्षणका लागि बाध्य भएर वि.सं. २०१९ कार्तिक २३मा हतियार विसाएर शसस्त्र आन्दोलन स्थगित गर्दै शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय।
२०२४ जेठ १ देखि ६ -१५ देखि २० मे, १९६७)सम्म भारतको कलकत्तामा बसेको कार्यकारी परिषद्को बैठकले संविधान सभाको निर्वाचन, बन्दी नेताहरूको रिहाई, भूमि सुधारको माध्यमबाट सामाजिक न्याय, ट्रेड युनियन अधिकारको स्थापना लगायतका मागहरू पुरा गराउन कार्यकारणी सभापति सुवर्णशमशेरलाई आवश्यक आन्दोलनको तय गर्न अधिकार प्रत्यायोजन। वि.सं. २०२५ जेठ २मा कार्यकारणी सभापति सुवर्णशमशेरले राजालाई संबैधानिक विकासका निमित्त सहयोगको प्रस्ताव।
राजाको र्सलाही भाषण पश्चात् २०२५ साल शुरु हुँदा नहुदै नेपाली राजनीतिमा नयाँ पहल कदमीहरू शुरु भए परिणाम स्वरूप ” संविधानमा विकाशको आसा राख्दै ” राजालाई “सहयोग”को हात बढाउने भन्ने श्री सुवर्ण शमशेर मे १५,१९६८को वक्तव्य आयो त्यसको एक महिना पछि जेलमा रहेका र निवासनमा रहेका कार्यकर्ताहरूको आम माफिको क्रम शुरु भयो कात्तिक १४ गते बी.पी र गणेशमान सिंह रिहा हुनुभयो। देश भित्रका बिभिन्न आन्दोलन र ने.वि. संघ
श्री शुवर्ण्राम्शेरको नेतृत्वमा नेपाली काग्रेसले भारत भूमिलाई आधार बनाएर सशस्त्र प्रतिरोध आन्दोलन चलाएको थियो भने देश भित्रबाट पनि जनताका बिभिन्न वर्ग र विशेषत ः युवा विद्यार्थी हरूले ०१८/०१९ सालदेखि नै सरकारले गठन गर्दिने विद्यार्थी सँगठनमा सामावेस नहुने निर्णयगर्दै त्यसको खारेजीको माग गरे। यसै बाट सुरु भएको नेपालको विद्यार्थी आन्दोलन “स्वतन्त्र विद्याथी आन्दोलन”को नामले दशबर्षजती चलेपछि २०२७ साल बैशाख ६ गते नेपाल विद्यार्थी संघको विधिवत स्थापना भयो।
त्यसभन्दा पहिले नेपाल र भारतका विभिन्न भागबाट बनारसमा जम्मा भएका युवाहरूले पहिलेदेखि स्थापित नेपाली विद्यार्थी तथा युवा संघ र नेपाली प्रजातान्त्रिक युवा लीग जस्तै सबै सँगठनहरूलाई एकै ठाउमा गाभी प्रजातान्त्रिक समाजवादी व्यवस्था कायम गराउन युवाहरूलाई सँगठित गर्ने भन्ने थियो।
दोस्रो सशस्त्र प्रतिरोध आन्दोलन ः नेपाली काग्रेसले अङ्गालेको सहयोगको नीतीलाई दुवलता ठानि देशका प्रतिगामि तत्वहरूले सुधारका क्रमहरूलाई अगाडि बढाउन आबस्यक ठान्न थाले। उता बि. पि.ले मातृभुमिलाई बर्तमानको प्रसव वेदनाबाट मुक्त पार्न आबस्यक परे शल्यक्रिया पनि गनु पर्ने वक्तव्य विराटनगरबाट दिनुभयो। त्यसको लगतै वीपी भारत निवासित हुनु्भयो त्यहाबाट उहाले चिन्तन गनुभयो कि नेपालका शासकको रवैया सहज रूपले प्रजातन्त्रको पनबाहाली गर्ने देखिन्न। त्यसैले शसस्त्र आन्दोलन अनिवार्य छ।वीपीले शसस्त्र क्रान्ति गर्ने घोषणा बेलायतबाट गनु भएको थियो.।
अनि ०२९/३० सालका अवधिहरूमा नेपाली काग्रेसले पुनः हतियार बन्द आन्दोलनको बाटो अँगाल्यो । त्यसक्रममा हरिपुर काण्डदेखि लिएर बिराटनगर बम काण्ड समेतका अनेक घटनाहरू घटे। वी.पी.को आहृवानमा सयकडौ नवयुवकहरू फेरी एक पल्ट आफ्नो प्राणको बाजी राखेर तानासाही विरुद्ध वीरतापूर्वक संघषमा उत्रिए। त्यस अभियानमा अनेकौ सपूतहरू क्रान्तिको बलीदानीमा शहीद हुन पुगे। त्यस क्रान्तिलाई सघाउ पुर्याउन तरुण दलको पूर्नगठन र तरुण पत्रिकाको प्रकासन पनि बनारसबाट भएको थियो गणेशमान सिंह पनि बनारस र गोरखपुरमा बसी नव युवक हरूलाई प्रेरणा प्रदान गरी राख्नुभएको थियो भने गिरिजाप्रसाद कोइराला पर्ूवको फ्रन्टमा क्रान्तिकारी हरूलाई निदेशित गरी राख्नु भएको थियो। त्यस अबधिभर कृष्णप्रसाद भट्टराईपाटिका कयौ कायकर्ताका साथ काठमाडौंका जेलको यातना सही रहनु भएको थियो ।
काग्रेसको त्रिकोणत्मक नीती
२०२६ साल देखि ०३३ साल सम्म काग्रेसको त्रिकोणत्मक नीतिमा चलेको देखिन्छ। तत्कालिन अवस्थामा नेपाली कांग्रेसले तीन प्रकारको आन्दोलनको रणनीति लिएको पाइन्छ। जस्मा:- • सूवर्ण शमशेरको नेतृत्वमा राजासँग वार्ता र समझदारी कायम गर्ने, • कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अहिंसात्मक र असहयोग आन्दोलन मुलुक भित्रबाटै गर्ने, • वी.पी. कोइरालाको नेतृत्वमा भारतबाट शसस्त्र संघर्षगर्ने,
वि.सं. २०२९ भाद्र ९बाट वी.पी. कोइरालाको नेतृत्वमा शसस्त्र संर्घषको सुरुवात, वि.सं. २०३२ मंसिर १ -१७ नोभेम्वर १९७५)मा भारतमा संकटकालको घोषणा भएकाले नेपाली आन्दोलनलाई गहिरो प्रभाव, नेताहरू असुरक्षित, भारतको बर्साई असुरक्षित भएकाले वि.सं. २०३२ फागुन १मा वी.पी. कोइरालाले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई कार्यबाहक सभापति नियुक्त गरी स्वदेशबाटै आन्दोलन चर्काउने रणनीति,
राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थितिको मूल्याङ्कन गरी वि.सं. २०३३ पुष १६मा राष्ट्रियाको संरक्षणका लागि राष्ट्रिय मेलमिलाप ल्बतष्यलब च्िभअयलअष्ष्बितष्यलको नैतिका आधारमा प्रजातन्त्र पुनर्स्थापनाको अभियान सञ्चालन गर्न वी.पी. कोइराला,गणेशमान सिंह लगायतका नेताहरू स्वदेश फिर्ता,
राष्ट्रिय मेलमिलापको निती
विश्व राजनीतिर विशेष गरी दक्षिण एशियामा देखा परेको उथल पुथलको वातावरणले यस क्षेत्रमा एउटा र्सवथा नयाँ परिस्थतीको जन्म भयो यसबाट उत्पन्न हुन सक्ने अनिस्टहरूको सर्न्दर्भमा विचार गरी वी.पी.ले “राष्ट्रिय अस्तित्व” माथि नै प्रश्न चिन्ह लाग्न सक्ने अवस्थाको अनुभव गरी २०३३ सालको पैस १६ गते एउटा अपील प्रकासित गरी मुलुकका सबै प्रवाहहरू बिच सामन्जस्य परस्पर समझदारी र एकता चाहिएको कुरा अभिव्यक्त गर्दै देशमा राष्ट्रिय एकता र मेलमिलापको आहृवान गनु भयो सोही दिन वि.पी र गणेशमान सिंह भारत निवासनमा रहेका सुश्री शैलजा आचार्य सहितका कतिपय साथीहरूका साथ शाहिनेपाल वायु सेवा निगमको बिमानद्धरा स्वदेश र्फकनुभयो उहाहरूको आगमन बर्सर्ैैेखि एक लौटि सत्ता भोग गरीरहेका प्रतिक्रियाबादि तत्वहरूमा खैलीबैली र उहाहरूलाई गिरफ्तार गरेर मुदा चलाइयो। वी.पी.ले भन्नुभएको थियो -”मेलमिलाप परिस्थतीले निधारण गरेको संघषको एउटा रूप हो”।
नेपाली काग्रेसका अध्यक्ष वी.पी. कोइराला बन्दी अबस्थामा नै उपचार्रार्थ अमेरिका पठाइनु भयो उहाबाट फकेर आउदा पटनामा कात्तिकमा भेला भएका हजारै कायकर्ता का बीच कृष्णप्रसाद भट्टराईलाई पाटिको कार्यबाहक अधक्ष्य घोषित गर्नुभयो पछि फागुनमा उपचार्रार्थ वी.पी. पुनः रिहा हुनु भयो र पाटिको महामन्त्रीमा गिरिजा प्रसाद कोइराला र परशु नारायण चौधरी कायवाहक अध्यक्षको सल्लाहअनुसार नियुक्त हुनुभयो।