पानी-आफैमा एक औषधी हाम्रो दैनिक जिवनमा पानीको एकदमै महत्व छ यो कुरा सबै लाई थाहा भएकै कुरा हो। पानी लाई हामी धेरै किसिमले आफ्नो दैनिक जिवनमा प्रयोग गर्ने गर्दछौं। अहिले जापान जस्तो विकशित देशमा समेत पानीलाई विभिन्न रोगको उपचारमा प्रयोग गर्ने गरिन्छ र पानीले धेरै रोगहरु निको समेत पारेको छ। पानीलाई औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ भन्ने धेरैलाई थाहा नहुन पनि सक्दछ र थाहा भएमा पनि कसरी प्रयोग गर्ने भन्ने बारेमा धेरै लाई थाहा हुदैन। त्यसैले पानीलाई औषधीको रुपमा कसरी प्रयोग गर्न सकिन्छ यस बारे केही जानकारी तल दिईएको छ।
-बिहान उठने बित्तिकै दाँत नमाझिकन 600ml पानी पिउनु होस।
-त्यसपछी दाँत माझ्नुहोस र मुख सफा गर्नु होस अनि ४५ मिनेट सम्म खाली पेट बस्नु होस र त्यस समयमा पनी पनि नपिउनु होस।
-४५ मिनेट पछि सामान्य रुपमा खाना खान सकिन्छ।
-बिहानको खानाको १५ मिनेट पछी २ घन्टा सम्म अन्य खानेकुरा पनि नखानुहोस र थप पानी पनि नपिउनुहोस।
-धेरै बिरामी र अशक्त हरुले थोरै बाट पानीको मात्र बढाउन सकिन्छ। यसरी नियमित पानी पिउने गरेमा निम्न समयमा निम्न रोगहरुलाई निकै नै फाईदा पुग्दछ। 1.. High Blood Pressure - 30 days 2.. Gastric - 10 days 3.. Diabetes - 30 days 4.. Constipation - 10 days 5.. Cancer - 180 days 6.. TB - 90 days -तर Arthritis का बिरामीहरुले पहिलो पटक माथीको प्रक्रिया गर्दा पहिलो हप्ता ३ दिन मात्र गर्नु पर्दछ भने त्यस पछी सामान्य तरिकाले गर्न सकिन्छ।
-यस प्रक्रियाको कुनै side effect छैन र शुरु-शुरुमा अलि बढी पिसाब लागे पनि पछी यसले तपाइको स्वस्थ जिवन बनाउन यसले धेरै सहयोग पुर्याउँछ। यसरी जापान र चिनमा रोगीहरुको उपचार सफलता पूर्वक गर्ने गरीन्छ। एलर्जी के हो ? सन् १९०६ मा बालरोग विशेषज्ञ Dr. Clemens Von Pirquet ले उनका बिरामीहरु धूलो धुँवा आदिका कारण मात्रले पनि क्षणिक रुपमा बिरामी भइ उपचारार्थ आउने गरेको कुरा थाहा पाए पछि उनले त्यस्ता रोगलाई एलर्जी भन्ने नामाकरण गरे । एलर्जी शब्द दुई वटा ग्रीक शब्दहरु 'Allois' र'Egron' लाई समेटिएर नामाकरण गरिएको थियो , जसको अर्थ " अन्य कार्य " भन्ने बुझिन्छ । सामान्यतया हावा हुरी चल्ने र गर्मी शुरु हुने मौसम अर्थात् बसन्त र गृष्म ऋतुहरुमा मानिसहरु एलर्जीबाट प्रभावित हुने गर्दछन् । हावामा तैरिरहने परागकण , धुलो , धुँवा , जनावरको रौं , कीराको टोकाइ , पेटमा पाइने जुका , चराको प्वाँख , खानेकुरा तथा औषधिको सेवनबाट एलर्जी हुन सक्छ । एलर्जी गराउने यस्ता वस्तुहरुलाई allergen भनिन्छ । अत्याधिक मानिसहरुलाई परागकणको सम्पर्क वा खानेकुराबाट एलर्जी हुने गरेको पाइएको छ । खानेकुरामा पाइने तेलीय पदार्थ तथा प्रोटीन एलर्जीका प्रमुख कारक तत्वहरु हुन् । बदाम , पेस्ता , ओखर , फुलको सेतो भाग , दूध , माछा , किवी , फल , केरा , मसलाहरु तथा खानेकुरामा मिसाइने रङ्गहरुबाट एलर्जी हुने मानिसहरुको संख्या अधिक पाइन्छ । Allergen हरु त्यस्ता वस्तुहरु हुन , जुन हाम्रो शरीरले मन नपराइएका हुन्छन् । यी वस्तुहरु सम्पर्कमा आएपछि , शरीरको प्रतिरोधात्मक प्रणालीले यस विरुद्ध लड्न र यसलाई निस्तेज तुल्याउन शरीरमा antibodies लाई तयार पार्दछ , जसलाई Immunoglobulin E (IgE) भनिन्छ । यी एलर्जीका कारक तत्वहरु हुन , जुन वास्तविक रुपमा हानिकारक हुँदैन , तथापि यसलाई दबाउन IgE ले शरीरका कोषहरुलाई अत्यधिक मात्रामा एलर्जीको औषधिको निम्ती प्रयोग गरिने एक पदार्थ (histamine) उत्सर्जन गर्न उत्प्रेरित गर्दछ । यस प्रतिक्रियालाई हामी शरीरले गरेको अनावश्यक कार्यको रुपमा पनि व्यक्त गर्न सक्दछौ । फलस्वरुप हाम्रो शरीरमा एलर्जीका लक्षणहरु देखा पर्न थाल्दछ । शरीरमा फोका फोका आउने , चिलाउने , नाकबाट पानी बग्ने , लगातार हाच्छिउ आउने , आँखा चिलाउने , आँखा रातो हुने , आँशु बगिरहने , दम बढ्ने आदि एलर्जीका लक्षणहरु हुन् । सामान्यतया एलर्जीले हानि पुराउँदैन भन्ने मान्यता रहेको पाइन्छ , तर कहिलेकाँही औषधिको सेवन तथा कीराको टोकाइबाट घातक एलर्जी हुन सक्दछ , जसलाई anaphylaxis भनिन्छ । Anaphylaxis ले गर्दा मानिसको मृत्यु पनि हुन सक्छ । एलर्जी हुने कारक तत्वहरु मानिसै पिच्छे फरक फरक हुन सक्छ , किनकी मानिसको शरीरमा पाइने क्ष्नभ् को त्यस्ता कारक तत्वहरु पहिचान गर्न सक्ने क्षमता फरक फरक हुन्छ । प्रत्येक क्ष्नभ् को त्यस्ता बििभचनभल सँग प्रतिक्रिया गर्न सक्ने गुण पनि फरक फरक हुन्छ । साथै , एलर्जी हुने/नहुने कुरा व्यक्तिको सहन सक्ने क्षमता र उमेरमा पनि निर्भर गर्दछ । औषधि विज्ञानले शरीरभित्र हुने एलर्जीका घटनाहरुलाई अझसम्म पनि पूर्ण रुपमा प्रष्टयाउन सकेको छैन , तर पनि एलर्जीको सम्भावना बढ्दो उमेरसँगै क्रमशः घट्दै जाने कुरा अध्ययनमा देखिएको छ । महिला भन्दा पुरुषमा एलर्जीको सम्भावना बढी हुन्छ । कम बिकसित मुलुक भन्दा विकसित मुलुकको मानिसहरुमा बढी एलर्जी हुने गरेका तथ्यांक पाइन्छ । त्यस्तै ग्रामीण भेगमा बस्ने मानिसहरु भन्दा शहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरु बढी मात्रामा एलर्जीले संक्रमित भएको पाइन्छ । तसर्थ धुलो धुँवाको घनत्व र शरीरको प्रतिरोधात्मक क्षमताको आधारमा एलर्जी हुने/नहुने कुरा निर्देशित हुन सक्ने खतरा रहन्छ भन्ने मान्यताको विकास भएको पाइन्छ । एलर्जीको उपचारको लागि antihistamine औषधिहरुले शरीरमा histamineको उत्सर्जन कार्यलाई न्यून गरी एलर्जीका लक्षणहरु घटाउन मद्दत गर्दछन् । तर एलर्जीको उपचारको लागि संधै antihistamine औषधिहरुको सेवन गर्नु उपयुक्त मानिदैन किनकी यस्ता औषधिहरुले शरीरमा आलस्यता बढाउने , लठ्ठ पार्ने , निन्द्रा लगाउने , आँखा सुख्खा बनाउने जस्ता असरहरु देखाउने गर्छन र यस्ता औषधिहरु केही दिनदेखि वर्षौ वर्षसम्म पनि खाइरहनु पर्ने हुन सक्छ , जबसम्म शरीरले एलर्जीको कारक तत्वसँग छुटकारा पाउँदैन । तसर्थ के कारक तत्वबाट शरीरमा एलर्जी भइ राखेको छ , त्यसको पहिचान गरी , त्यसबाट टाढा रहनु नै यसको सबैभन्दा राम्रो उपचार हो । एलर्जी हुनु पूर्व र एलर्जी भइराखेको समयमा आफूले गरेको क्रियाकलापहरुलाई ख्याल गरी रेकर्ड राख्नाले एलर्जीको कारक तत्वको पहिचान गर्न मद्दत पुग्नेछ । विज्ञान र प्रविधिको विकाससँगै शरीरको रगत परीक्षण र छाला जाँचबाट एलर्जी नभएको कुरा पत्ता लगाउने प्रविधि पनि विकसित भइसकेको छ । रगतको नमूना संकलन गरी त्यसमा IgE को उपस्थिति र मात्रा मापन गरी एलर्जी नभएको जाँच गरिन्छ , जसलाई RAST (radioallergosorbent test) प्रविधि भनिन्छ । विभिन्न allergen हरु छालामा राखी , त्यस पछि छालाले कस्तो प्रतिक्रिया जनाउँदछ त्यसको अध्ययन गरेर पनि एलर्जीको कारकतत्वहरु थाहा पाउन सकिन्छ । तर सिमित allergen हरुसँग परीक्षण गरिने यस्ता उपायहरु संधै उपयोगी नहुन सक्छन् ।
यदि एलर्जीका कारकतत्वको पहिचान हुन सकेमा र त्यसबाट कहिल्यै टाढा रहन सक्ने अवस्था नभएमा , एलर्जीबाट छुटकारा पाउन Immunization पनि गर्न सकिन्छ । यस्तो Immunotherapy मा शरीरलाई निश्चित मात्राको allergen सँग सम्पर्क गराइन्छ ताकि त्यस्ता allergen सँग शरीर अत्याधिक परिचित होउन र अनावश्यक प्रतिक्रिया व्यक्त नगरुन । यस्तो allergyshot उपचार केही महिनादेखि लिएर सम्पूर्ण जीवनभरि पनि जारी रहन सक्छ । वास्तवमा एलर्जी कहिल्यै निको नहुने रोग हो । यो पटक पटक देखा परिनै रहन्छ । औषधिको सेवनले एलर्जीबाट राहत भने अवश्य पु ¥ याउँछ । एलर्जीको समस्याबाट छुटकारा पाउन , औषधिको सेवन गर्नुको साटो , हामी केही घरेलु उपायहरु अपनाउन सक्छौ जसले शरीरलाई हानी नपुराइ एलर्जी निको तुल्याउन मद्दत गर्न सक्छ । नून पानीको सफा घोलले नाकको नली सफा गर्नु एक उत्तम उपाय हुन सक्छ । यसबाट नाकमा टाँसिएको धुलो र परागकणहरु पखालिन्छ र नाकभित्रको म्यूकस झिल्लीलाई पातलो गराई antibacterial को रुपमा काम गर्दछ । भिटामिन सी पाइने अमिलो प्रजातिका फलफूलहरु खाँदा पनि मौसमी एलर्जी सन्चो पार्न प्रभावकारी हुन्छ । अंगुरको बियाँमा quercetin नामक फ्लोवोनाइड रसायन अत्यधिक मात्रामा पाइन्छ जसको सेवनले शरीरमा histamine को उत्सर्जन कम गराई एलर्जी निको पार्न मद्दत पु¥याउँदछ । Allergen को सम्पर्कबाट एलर्जी हुने हुँदा त्यसबाट टाढाँ रहन आफू सचेत भई विभिन्न तौर तरिकाहरु अपनाउनु पर्दछ । तल उल्लेखित केही बानी र व्यवहारहरुले एलर्जीबाट टाढा रहन मद्दत पु¥याउनेछ । १. यदि धुलो तथा परागकणसँग एलर्जी छ भने कोठाको झयाल ढोकाहरु सकेसम्म बन्द गरी राख्नु र पंखाको प्रयोग नगर्ने । चलिरहेको पंखाले धुलो तथा परागकणहरुलाई कोठामा फिंजाइ रहेको हुन्छ । २. धूलो जम्ने कार्पेटको सट्टा चिल्लो कार्पेट अथवा काठको भूँइ प्रयोग गर्ने ।
३. भूँइ सफा राख्ने , कुचो लगाउने र पुछ्ने । ४. कोठाभित्र धु्रमपान नगर्ने । ५. धेरै लामो झुण्डिने पर्दा प्रयोग नगर्ने प्वाँखहरुबाट बनाइएका सिरानी, सिरकहरु प्रयोग नगर्ने । ६. बच्चाहरुलाई कपडाबाट बनाइएका खेलौनाहरु खेल्न नदिने । ७. लुगा , ओछ्यान खोल , तन्ना पर्दा आदि समय समयमा तातो पानीले धुने । ८. बेन्जाइल बेन्जोएट वा ट्यानिक एसिडको झोल समय समयमा कोठामा स्प्रे गर्ने । ९. घरभित्र र कोठाहरुमा धेरै विरुवाहरु गमलाहरु जम्मा नगर्ने । १०. घरपालुवा जनावरहरुलाई समय समयमा नुहाइ दिने । ११. परागकणबाट एलर्जी हुने मानिसहरु बिहानको समयमा घरभित्रै बस्नु राम्रो हुन्छ किनकी यस समयमा बाहिरको वातावरणमा परागकणको मात्रा बढी हुन्छ । १२. रुख बिरुवाहरु बढी भएको ठाउँमा , बिहान र साँझाको समयमा घुम्न कम गर्ने । १३. घर बाहिर निस्कदा मास्कको प्रयोग गर्ने । १४. बाहिरबाट घर फर्केपछि नुहाउने या लुगा फेर्ने । १५. एलर्जी हुने खालका खानेकुरा नखाने । १६. एलर्जी गराउने औषधिहरु थाहा पाइ राख्ने र त्यस्ता औषधिहरु कहिल्यै प्रयोग नगर्ने । १७. कस्मेटिक सामानहरु जस्तै मोइस्चराइजर , सेम्पु , मेकअपका सामानहरु , सुंगन्धित स्प्रेहरु आदिमा पाइने रसायनहरुले पनि एलर्जी गराउने हुँदा त्यस्ता सौन्दर्य सामग्रीहरु होशियारी पूर्वक प्रयोग गर्नु पर्दछ ।
बालबालिकालाई यी छ कुरा कहिल्यै नभनौं
अभिभावकले बालबालिकासँग व्यवहार गर्दा निकै सतर्क रहनुपर्छ। बालमस्तिष्कमा
कुनै पनि कुराको गहिरो छाप पर्छ। बालबालिकासँग नराम्रो व्यवहार गरियो भने
भविष्यमा त्यसको परिणाम नकारात्मक हुनसक्छ। त्यसकारण अभिभावकले सचेत भएर
बालबालिकासँग प्रस्तुत हुनुपर्छ। एकैछिनको असावधानीले भविष्यमा
पछुताउनुभन्दा बेलैमा बुद्धि पुर्याउनु उपयुक्त हुन्छ। वास्तविक कुरा
नबुझी बालबालिकाहरूलाई हप्काउनु हुँदैन। यसले उनीहरूमा नकारात्मक प्रभाव
पर्छ। छोराछोरी बिग्रनु र सप्रनुमा आमाबुवाको विशेष भूमिका हुन्छ। त्यसकारण
छोराछोरीलाई यी कुरा कहिल्यै नभनौं।
तँ नजन्मिएको भए हुन्थ्यो
धेरैजसो अभिभावक रिसाएका बेला छोराछोरीलाई यही भनेर गाली गर्छन्। क्षणिक
आवेगमा बोलिएको यस्तो वाक्यले बालबालिकाको मनमा निकै उथलपुथल ल्याउँछ।
आमाबुवाले त बोलिसकेपछि बिर्सेलान् तर छोराछोरीले कहिल्यै बिर्संदैनन्।
यस्तो वाक्यबाट उनीहरू आफूलाई उपेक्षित महसुस गर्छन्। त्यसैले जस्तै रिस
उठे पनि अभिभावकले यस्तो कुरा भन्नु हुँदैन।
आफ्नो भाइबाट केही सिक
सबै बालबालिकाको आ-आफ्नै क्षमता हुन्छ। त्यसैले अभिभावकको इच्छाअनुसार
उनीहरू अघि बढ्न सक्दैनन्। छोराछोरीलाई अरूसित तुलना गरेर सम्झाउन खोज्नु
उनीहरूको अवमूल्यन गर्नु हो। अझ हुर्किसकेका छोराछोरीलाई साना भाइ-बहिनीबाट
केही सिक भनेर सम्झाउनु हुँदैन। आफूभन्दा सानाका अगाडि बेइज्जत हुनुपर्दा
उनीहरूमा हीनताबोध हुन्छ। फलस्वरूप उनीहरू हुर्कने क्रमसँगै आमाबुवासित
टाढिँदै जान्छन्। यसबाट कालान्तरमा अभिभावकलाई नराम्रो हुन्छ। त्यसैले
अरूसँग तुलना गर्दा बालबालिकाको आत्मसम्मानमा नकारात्मक परिणाम आउँछ।
तिमी परिश्रम गर्दिनौ अभिभावकहरू बालबालिकाहरूबाट क्षमताभन्दा बढी
सफलताको आशा गर्छन्। अपेक्षाअनुरूपको परिणाम नपाउँदा उनीहरू बालबालिका
अल्छी भएको आरोप लगाउँछन्। बालबालिकाहरूका स-साना उपलब्धिमा पनि खुसी
हुनुपर्छ। बालबालिकालाई धेरै मानसिक दबाब दिनु हुँदैन। उनीहरूको क्षमता
पहिचान गरी व्यवहार गर्नुपर्छ। कहिलेकाहीँ अभिभावकलाई खुसी राख्न
बालबालिकाहरू क्षमताभन्दा बढी गर्न खोज्छन्। यस्तो अवस्थामा तिमी परिश्रम
गदैर् नौ भनियो भने नकारात्मक परिणाम आउन सक्छ। बढी श्रम गराएर
बालबालिकाबाट उनीहरूको बालापन खोस्नु हुँदैन। उनीहरूको इच्छा एवं रुचिमा
ध्यान दिएर व्यवहार गर्नुपर्छ।
तिम्रो संगत ठीक छैन
अभिभावकहरू छोराछोरीका साथीभाइका विषयमा प्रहरीले झैं सोधपुछ गर्छन्।
कोसँग खेल्ने कोसँग नखेल्ने आदि कुराको निर्धारण पनि उनीहरू आफै गछर् न्।
छोराछोरीका साथीहरूको मूल्याङ्कन पनि उनीहरू नै गर्छन्। बालबालिकाहरू
साथीका मामिलामा निकै भावुक हुन्छन्। उनीहरू आफ्ना साथीका बारेमा
नकारात्मक कुरा सुन्न रुचाउँदैनन्। बालबालिकाहरूलाई कुबाटोमा जान दिनु
हुँदैन तर त्यसो भन्दैमा उनीहरूलाई हरेक समय तिम्रो संगत ठीक छैन भनेर
चिढाउनु पनि हुँदैन।
यस्तो पहिरन लगाऊ त्यस्तो नलगाऊ
बाल्यावस्थामा विशेषगरी छोरीहरू पहिरन लगाउने कुरामा निकै सतर्क हुन्छन्।
उनीहरू इच्छाअनुसारका पहिरनमा ठाँटिन मन पराउँछन् तर अभिभावकहरू आफ्नो
इच्छा बालबालिकामाथि थोपर्न खोज्छन्। यसको परिणाम राम्रो हुँदैन। उनीहरू
पहिरनका विषयमा गरिने नकारात्मक टीका-टिप्पणी मन पराउँदैनन्। त्यसकारण
यस्तो पहिरन लगाऊ उस्तो नलगाऊ भन्नु हुँदैन। यस्तो पहिरन तिमीलाई सुहाउँछ
भनेर सल्लाह भने दिन सकिन्छ।
तिमीले मलाई लज्जित बनायौ
अभिभावकले बालबालिकाहरूसित तिमीले गरेको गल्तीले मलाई लज्जित बनायौ भनेर
ठाडै भन्नु राम्रो मानिँदैन। यसो गर्दा उनीहरू आफ्नो गल्ती लुकाउन थाल्छन्।
त्यसैले बालबालिकाहरूले गल्ती गरे भने उनीहरूलाई 'गल्ती मानवीय स्वभाव हो,
अबदेखि यसो गरे राम्रो हुन्छ' भनेर गल्ती सुधार्ने अवसर दिनुपर्छ। यसो
गर्दा उनीहरूको आत्मविश्वास बढ्छ। अभिभावकको साथ पाए उनीहरू गल्ती महसुस
गरी त्यसलाई स्वीकार गर्न पछि हट्दैनन्।
तिमी टेलिभिजनका कीरा हौ
बालबालिकाहरू कम्प्यटुरमा गेम खेल्न, टेलिभिजन हेर्न तथा साथीभाइहरूसँग
फोनमा गफ गर्न रमाइलो मान्छन्। स्कुलबाट घर फर्किएपछि धेरैजसो बालबालिका
यसै गर्छन्। यसमा उनीहरू तिमी टेलिभिजनका कीरा हौ' भनेर हप्काउनु हुँदैन।
टेलिभिजन बन्द गरी पढ्न दबाब दिनु हुँदैन। बरु उनीहरू लाई सबै कुराको महत्व
बताउनुपर्छ, प्रेमपूर्वक सम्झाउनुपर्छ। उनीहरूलाई टेलिभिजन हेर्दा पढाइमा
असर पर्छ, आँखा बिग्रन्छ भनेर सम्झाउन सकिन्छ। कहिलेकाहीँ बालबालिकालाई
उनीहरूले मन पराउने कार्यक्रम हेर्न बोलाउनुपर्छ। यसो गर्दा उनीहरूलाई
अभिभावकले आफ्नो ख्याल राखेको महसुस हुन्छ।
स्वस्थ यौन सम्पर्कले दाम्पत्य जीवन सुखद बनाउछ
स्वस्थ
यौन संपर्क दाम्पत्य जीवनमा खुशीयाली ल्याउन महत्वपूर्ण भूभिका निर्वाह
गर्दछ । यदि सेक्स सम्वन्ध आपसमा राम्रो छ भने व्यवहारिक सम्वन्धपनि राम्रो
हुन्छ । तर स्वस्थ यौन सम्पर्कको अभावमा जीवनमा रुखोपन आउन सक्छ । साथै
यहि नै दाम्पत्य जीवनमा तनावको मूख्य कारणपनि बन्न सक्छ । दाम्पत्य जीवनलाई
सुखद बनाउनका निम्ति यहां केहि उपायहरु प्रस्तुत गरिएको छ जस्ले सेक्सलाई
अझ बढी रोचक र आनन्दमय बनाउन सहयोग पुग्दछ ।
यौन सहवास पूर्व
शरीरलाई बुझ्नु जरुरी हुन्छ । किनकि सहवास शरीरको अनुकूलतामा नै निर्भर
रहन्छ । शरीरका सबै अंगहरु संवेदनशील हुदैनन् । संवेदनशील अंगहरुलाई
सहलाउदा वा खेलाउदा वा चुम्नालेनै शरीरमा उत्तेजना र ईच्छा प्रवाहित हुन्छ ।
शरीरमा पुरा उर्जा दुई अंगहरुमा नै केन्द्रित रहेको हुन्छ । पहिलो नाभी
अर्थात नाईटोको ठीक तल र अर्को मेरुदण्डको आखिरी भागमा । नाईटोको तलको भाग
आन्तरिक शक्ति भनिन्छ जुन ईन्द्रियलाई उत्तेजनाको कलाको कारणबाट जानिन्छ
भने मेरुदण्डको तल्लो भागलाई कुण्डलिनी योगका साधक सेक्स उर्जाको केन्द्र
मान्दछन् । सहवासका समयमा यो अनुभव गर्न सकिन्छ । सेक्समा रक्तवहाव
तीव्र बनाउन र शरीरको तापमान नियन्त्रणमा राख्न दिमाग अर्थात मष्तिस्कलाई
उपयोग गर्नुपर्छ । सेक्सको चरम आनन्द लिन यी दुबै जरुरी छन् ।
यौन
समागमका बेला रक्तप्रवाह तीब्र भएन भने उत्तेजना त्यत्तिको आउदैन र सेक्समा
सन्तुष्टीपनि चाहेजति प्राप्त हुदैन । सेक्स मस्तिष्कबाट हुन्छ शरीर त एक
माध्यम मात्र हो । यसैकारण अधिकांश दम्पति अवसर हुदाहुदैपनि मुड राम्रो भएन
भनेर सेक्सलाई भोलिलाई टार्ने गर्छन् । सेक्सको मुड कहिले अचानक नै बन्छ
भने कहिले घण्टौं समय बित्दापनि सेक्सको मुड हुदैन । यस्तो ती दम्पतिहरुमा
नै हुन्छ जस्ले फोरप्लेको सहयोग लिदैनन् या उर्जा केन्द्रका वारेमा अनभिज्ञ
रहन्छन् । शरीरको कुनचाहीं अंग जर्जाको केन्द्र हो भनेर थाहापाउन सजिलो
छ । लोग्नेले पत्नीलाई ध्यानपूर्वक हेरोस जुन अंग आंखाको लागि राम्रो या
मन पर्छ र यदि मनको लागि सकुन दिन्छ र शरीरमा एकप्रकारको तरंग प्रवाह गर्छ
त्यहां हातले सहलाउनु वा सुमसुमाउन शुरु गर्नुपर्छ । यस कि्रयाले पत्नी
कामोत्तेजित हुनेछिन र उनी स्वयंनै सेक्सका लागि पहल गर्न आरम्भ गर्नेछिन् ।
अंगहरुको पहिचान पतीपत्नी दुबैलाई हुनु जरुरी हुन्छ ।
सेक्सका
तरीकाहरुलाई बुझेर र सौहार्दतापूर्वक गरिएको सेक्स सम्पर्कबाट सन्तुष्टी
प्राप्त हुन्छ र प्रेमको भोकपनि सन्तुष्टी प्राप्त भएपछि नै समाप्त हुन्छ ।
यौन सहवास गर्दा गर्दै पनि कतिपय दम्पति अतृप्त नै रहेका हुन्छन् किनकि
उनीहरुलाई सेक्स गर्ने तौरतरीका आउदैन । अधिकतम दम्पतिहरु लामो समयसम्म
सेक्सको कि्रयालाई कि्रयाशील राख्न नसक्ने समस्याबाट ग्रसित हुन्छन् । यदि
पतिलाई यो समस्या छ भने पत्नीलाई सेक्सबाट कुनै आनन्दानुभूति मिल्दैन ।
पटकपटक सहवास गर्दापनि पत्नी सेक्सबाट असन्तुष्टनै रहन्छिन र सुख अनुभव
गर्नबाट वन्चित नै रहन्छिन् । यौनकि्रयामा पत्नीलाई पनि मज्जा (आनन्द) आउनु
पर्छ । पतिलाई हरहालमा यसको ज्ञान रहनु आवश्यक हुन्छ ।
यौन
सहवासबाट सर्वाधिक आनन्दलाई अनुभव गर्ने या महसूस गर्ने क्षमता प्रकृतिले
पुरुषलाई नै दिएको छ । पतिलाई आनन्दको अनुभूति त्यतिबेला मिल्छ जब पत्नीलाई
पनि आनन्द मिल्छ । अधिकांश पतिहरु पत्नीहरुको यस मर्मलाई बुझ्दैनन् र
सेक्स केवल स्वयंको आनन्दका लागिमात्र गर्दछन् । पति जब स्व्ायं आफ्नो लागि
यौन सम्वन्ध राख्छ या यस्तो मानसिकता राख्छ तब सेक्स दुखदायक हुन जान्छ ।
सेक्समा पत्नीको आनन्दको पनि मुल्य छ भन्ने पतिलाई ध्यानदिनु जरुरी हुन्छ ।
यसो भएमा पतिपत्नी दुबैलाई आनन्द मिल्दछ
सक्रिय आमाका सक्रिय छोराछोरी सक्रिय आमाका छोराछोरी शारीरिक रुपमा सक्रिय नै रहने बेलायतमा गरिएको एक अध्ययनले जनाएको छ । पेडियाट्रिक्स जर्नलमा प्रकाशित अनुसन्धानअनुसार बालबालिकाहरु प्राकृतिक रुपमा सक्रिय रहने नभई स्वस्थ शारीरिक अभ्यासको बानी विकासमा उसको बाबुआमाको भूमिका महत्वपूर्ण हुन्छ । अनुसन्धानकर्ताहरुले सक्रियता पत्ता लगाउन ५५४ जना चारवर्षका बालबालिका र उनीहरुका आमाको छातिमा हृदय गति मापन गर्ने मोनिटर र एक्सिलेरोमिटर सातदिनसम्म राखेका थिए । पानीसंग संबन्धित क्रियाकलाप र सुतेको बेलामा पनि उनीहरुलाई यी दुई उपकरण लगाउन दिइएको थियो । सातदिनपछि बालबालिका र तिनीहरुका आमा बीचको शारीरिक क्रियाकलाप प्रत्यक्ष र सकारात्मक रुपमा संबन्धित रहेको पाइएको थियो । ‘आमाले जति बढी क्रियाकलाप गर्छिन्, उनीहरुका बच्चाले त्यति नै क्रियाकलाप गर्छन्’ अनुसन्धानमा संलग्न क्याथरिन हेस्केथले भनिन् । ‘यदि आमा दैनिक रुपमा एक घण्टा बढी सक्रिय रहन्छिन्, बच्चाहरु दैनिक १० मिनेट बढी सक्रिय रहन्छन् ।’अध्ययनमा भनिएको छ । त्यसैले आफ्ना बच्चाहरुलाई सानैदेखि सक्रिय बनाउन पनि बाबुआमा सक्रिय रहनुपर्ने विज्ञहरुको सुझाव छ ।
कसरी हुन्छ मिर्गौलामा पत्थरी ? मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरी सफा गर्ने र विकार वस्तुलाई पिसाबबाट बाहिर फ्याँक्ने हो । यो क्रममा यदि फिल्टर भएको वस्तुको मात्रा बढ्न गए वा फिल्टर भएर गैसकेपछि पिसाबको वहाबमा कुनै किसिमको अवरोध आएमा वा शरीरभित्रको मेटावोलिजममा समस्या भएमा पत्थरी हुन सक्छ । कतिपय अवस्थामा पत्थरीको समस्या जन्मजात पनि हुन्छ । वंशाणुगत युरिक एसिड र अक्जालेटको मेटाबोलिजममा गडबड भयो भने पनि मिर्गौैलामा पत्थरी हुने सम्भावना बढी हुन्छ । जन्मजात समस्या भएकामा शरीरले खाएको तत्वबाट निस्कने विकार वस्तुको मात्रा धेरै हुन्छ र पत्थरी बन्न जान्छ । संक्रमणका कारण क्षयरोग भयो भने मिर्गौलामा पत्थरी बन्ने प्रकृया सुरु हुन्छ । साना साना कण जम्मा भएर पिसाबमा भएको नुनको तत्व जम्मा भएर ढुङ्गा बन्न थाल्छ । यसबाहेक हाम्रो खानपानको प्रकृयाबाट पनि पत्थरी हुन सक्छ । बदाम, गेडागुडी, गोलभेँडाजस्ता खानेकुराका कारण युरिक एसिड पत्थरी हुन्छ । साधारणतया मिर्गौलामा क्याल्सियम, अक्जालेट र युरिक एसिड पत्थरी भएको पाईन्छ । क्याल्सियम, फस्फोरसजस्ता तत्वहरु मानिसलाई आवश्यक भएपनि पत्थरी बन्ने प्रवृत्तिका कारण यिनले शरीरलाई नकारात्मक प्रभाव पार्छन् । हामीले दैनिक खाएको खानाबाट नै पत्थरी बनिरहेको हुन सक्छ । ढुङ्गा खाएर नै पत्थरी हुने होइन । धेरै बिरामीले ढुङ्गा खाएर नै पत्थरी बनेको भनेर सोच्ने गरेको पाईन्छ तर यसो होइन । हामीले खाएको खाना पचिसकेपछि उत्पन्न हुने बाइप्रोडक्ट के निस्कन्छ, त्यसको घनत्व हेरी ढुङ्गा बन्न सक्छ । प्राय बिरामीले के खाँदा पत्थरी हुन्छ भन्ने प्रश्न गरेको पाईन्छ । हामीले खाएको सबै खानेकुराबाट पत्थरी बन्ने संभावना हुन्छ । पत्थरी नहोस् भन्नका लागि के–कस्तो गडबडी छ भन्ने कुरा पहिला थाहा पाउन जरुरी छ । जस्तै क्याल्सियमको कारण पत्थरी भएको छ भने क्याल्सियमजन्य तत्व कम गर्नु पर्छ । क्याल्सियमको मात्रा, युरिक एसिड, फस्फोरस, अक्जालेट, थाईराइड, प्याराथाइराइडको अवस्था कस्तो छ कारण हेरेर मात्र त्यो अनुसारको खानामा परहेज गर्नुपर्छ । मलाई पत्थरी भयो भनेर खाना बार्ने होइन । पत्थरी हुनका लागि सबभन्दा निरोधक भनेको नियमित पानी पिउनु नै हो । तर पानी पिउने भन्दैमा एकैपटक धेरै होईन प्रत्येक घण्टामा थोरै थोरै गरी पिउनु पर्छ । दिनमा एक गिलास कागती पानी पिउन सकेमा पनि पत्थरी हुनबाट बच्न सकिन्छ । लक्षण
दाँया बाँया कोखा दुख्नु कोखाको दुखाई जाँघतिर सर्नु छिटो छिटो पिसाब लाग्नु पिसाबले पोलेको जसतो हुनु पिसाब बाक्लो तथा रातो हुनु ज्वरो आउने बान्ता आउला जस्तो हुने पिसाबमा रगत देखिने जोर्नी दुख्ने यी लक्षण नदेखिएमा पनि पत्थरी हुनसक्छ । सामान्य व्यक्तिलाई सिटी स्क्यान गर्दा पनि पत्थरी भएको भेटिन्छ । पत्थरी भएर शरीरभित्र असर गरिरहेको हुन्छ तर बाहिरी रुपमा कहिलेकाँही थाहा हुदैन । पत्थरी भएको सामान्य पिसाब र अल्ट्रासाउण्ड जाँच गरेर थाहा पाउन सकिन्छ । भिडियो एक्सरे गर्दा पानी टन्न खाएर पिसाबको थैली भरिएको अवस्थामा गर्नु राम्रो हुन्छ । भिडियो एक्सरेबाट मात्र सतप्रतिशत पत्थरी छुुट्टाउन सकिन्छ भन्ने छैन । लक्षणअनुसार सिटी स्क्यान पनि गर्नुपर्ने हुन्छ । तर यो महङ्गो प्रविधि भएको हुँदा सबैको पहुँच नहुन पनि सक्छ । उपचार साधारणतया ५ मिलिमिटर अर्थात् मासको दाना आकारको पत्थर छ भने पानी तथा झोलपदार्थ बढी सेवन गर्दा र नियमित अभ्यास गर्दा आफै निस्कन सक्छ । तर पत्थर मिर्गौलाको कुन कोठामा बसेको छ, प्रकृति कस्तो छ, निस्कने बाटो कस्तो छ त्यसमा भर पर्छ । यसरी निस्केको पत्थरलाई प्रयोगशालामा जाँच गरी कुन प्रकारको हो पहिचान गर्नुपर्छ । पत्थरी भैसकेपछि सबैभन्दा पहिला त्यसले गरेको असरमै ध्यान दिनुपर्छ । त्यसले मिर्गौलालाई असर गरेको छ भने इमरजेन्सी उपचार गर्नुपर्ने हुन्छ किनभने त्यसले मिर्गौलालाई कालान्तरमा काम नगर्ने बनाउन सक्छ । यदि मिर्गौलालाई असर गरेको छैन भने, तल्लो कोठामा बसेको छ छने, केही समय कुरेर पनि उपचार गर्न सकिन्छ । पत्थरको प्रकृति हेरेर विभिन्न उपचार प्रकृया अपनाउनुपर्छ । सामान्य २ सेन्टिमिटरसम्मको पत्थरलाई २ देखि ३ सेसनमा बाहिरबाट एउटा रेजले फुटाएर धरलो पारी (लिथोट्रप्स) निकाल्न सकिन्छ । यसका लागि बिरामीलाई बेहोस नपारी २ घण्टामा निकालिन्छ । यो प्रकृयाबाट पत्थर फुट्छ भन्ने ग्यारेन्टी हुँदैन । फुटिसकेपछि पनि दुख्ने, पिसाबमा रगत जाने हुन्छ । उच्च रक्तचाप, रगत जाने समस्यामा वा मिर्गौला अन्यत्र बसेको अवस्थामा यो विधि अपनाउन सकिदैन । २ सेन्टिमिटरभन्दा ठूलो पत्थरी भएमा पिसीएनएल प्रविधि अपनाउन सकिन्छ । मिर्गौलाको पत्थरीलाई फोकस गरेर एउटा सानो सुइरोले सानो प्वाल पारेर विस्तारै ठूलो बनाउदै कलम छिर्ने प्वाल बनाइ त्यसबाट मेसीनभित्र छिराइ पत्थरलाई टुक्रा पारी वास गरि बाहिर निकालिन्छ । यो प्रविधिद्वारा पत्थर पूर्णरुपमा बाहिर निकालिन्छ । त्यसै गरि मुत्र नलीबाट गएर मिर्गौलाको पत्थरलाई लेजरले धुलो बनाई निकाल्न सकिन्छ । यो मझौला खालको पत्थरीका लागि बढी प्रभावकारी मानिन्छ । तर, यो प्रविधि महंगो त छँदैंछ, इन्फेक्सन हुने संभावना पनि हुन्छ । पत्थरी निकालियो अब म ठिक छु भनेर बस्नु हुँदैन । यसरी निकालिएको पत्थरी जाँच गरि कुन प्रकारको हो पहिचान गरि त्यसैअनुसार खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खानपानमा ध्यान दिन सकिएन भने पुनः पत्थरी बन्ने सम्भावना हुन्छ ।