नेपाल स्वास्थ्यकर्मी संघका उदेश्यहरुः १. नेपाल भित्र स्वास्थ्य सेवामा संलग्न समस्त स्वास्थ्यकर्मीहरुको पेशागत हकहित संरक्षण, संवद्र्धन एवं स्वाभिमान कायम राख्ने । २. स्वास्थ्यसेवालाई सक्षम, सुदृढ र गतिशिल बनाउन नेपाल सरकार तथा स्वास्थ्य सेवामा सरिक अन्य गैरसरकारी सस्थालाई रचनात्मक सहोग गर्ने । ३. स्वास्थ्य सेवालाई सम्मानित तथा मर्यादित बनाउन राष्ट्रिय एवं अन्तरराष्ट्रिय क्षेत्रमा रहेको सरकारी तथा गैर सरकारी निकाय समेत संग समन्वय राखि विकृतीहरु हटाउन सहयोग गर्ने । ४. नेपाली जनतालाई स्वास्थ्य शिक्षा प्रदान गर्न । स्वास्थ्य शिक्षा सामाग्रिको प्रकाशन तथा जनस्तरमा तालिमको कार्यक्रम संचालन गरि स्वास्थ्य जनशक्ति निर्माणका लागि सहयोग गर्ने । ५. लोकतान्त्रिक बहुदलिय राज्य व्यवस्थाको संस्थागत विकासमा सक्रिय योगदान पुर्याउदै समतामुलक समाज निर्माणार्थ क्रियाशिल रहने । ६. जनतालाई स्वास्थ्य सेवा पुर्याउनकालागि प्रतिकारात्मक, उपचारात्मक, प्रबद्धृनात्मक तथा पुनस्र्थापनासंग सम्बन्धित विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्ने । ७. स्वास्थ्यकर्मी संघको नामबाट एम्बुलेन्स सेवा संचालन गर्ने । ८.स्वास्थ्यकर्मी संघको नामबाट सहकारी सस्था संचालन गर्ने । नेपाल स्वास्थ्यकर्मी संघको काम, कर्तव्य र अधिकारः स्वास्थ्यसेवालाई विशुद्ध सेवाको रुपमा कायम राख्न, पेशागत हकहितको संरक्षण र संवद्र्धन गर्न गराउन नेपाल सरकारसँग रचनात्मक सहयोग लिने र नेपाल सरकारलाई रचनात्मक सहयोग पुर्याउने ।
सेवामा संलग्न स्वास्थ्यकर्मीहरुको छनौट प्रक्रिया, तालिमको व्यवस्था, उच्च अध्ययनको व्यवस्था र नियुक्ति सम्बन्धि नियम कानुन र ऐन तथा प्रविधिको वारेमा नेपाल सरकारलाई आवश्यकता अनुसार सल्लाह र सुझाव दिने ।
स्वास्थ्यकर्मीहरुको भर्ना तथा सेवाका शर्त र त्यस्ता विषयहरु संग सम्बन्धित समस्याहरुको अध्ययन गरि रचनात्मक सुझावहरुको कार्यान्वयनकालागि नेपाल सरकार संग पहल गर्ने ।
प्रचलित नियम कानुनको परिधिभित्र रहि संघले स्वास्थ्य सेवा संग सम्बन्धित अन्तरराष्ट्रिय संगठनहरुसंग समानताको आधारमा सोझै सम्पर्क स्थापना गर्ने तथा त्यस्ता संगठनहरु संग आपसि सहयोगका आधारमा स्वास्थ्य सेवा संग सम्बन्धित कार्यक्रमहरु संयुक्त रुपमा संचालन गर्ने ।
स्वास्थ्यकर्मीहरुका हकहितको संरक्षणको लागि सदा सक्रिय रहने ।
स्वास्थ्यकर्मी तथा उनीहरुको परिवारको हित र कल्याणको लागि आवश्यक उपयुक्त कार्यक्रम संचालन गर्ने ।
स्वास्थ्यसेवालाई निष्पक्ष, निर्भिक, सक्षम, स्वस्थ र गतिशिल एवं जनमुखी बनाउन प्रयत्नरत रहने ।
कुनै राष्ट्रिय वा अन्तरराष्ट्रिय सभा, सम्मेलन, सेमिनार, गोष्ठि आदि कार्यक्रमको संचालन वा त्यस्तो कार्यक्रममा सहभागिता गर्ने गराउने । नेपाल स्वास्थ्यकर्मी संघले विगतमा उठाउदै आएका एजेण्डाहरु समाधान गर्न नेपाल निजामती सेवा ऐन २०४९ दोश्रो संसोधन २०६४ को दफा ५३, निजामती सेवा नियमावली नियम ११७ क ११७ ख प्रचलित ट्रेड युनियन ऐन नियम बमोजिम माग पुरा गर्न मिति २०६७।४।२७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरेका मागहरुः
१) मौजुदा स्वास्थ्य सेवा ऐन तथा नियमावलीमा ट्रेड युनियनको व्यवस्था नभएको र नेपालको अन्तरीम संविधानको धारा ३० अनुसार श्रम सम्बन्धि हकलाई मौलिक हकको रुपमा स्थापित गरेकोले संविधानको मर्म र भावना अनुरुप तत्काल स्वास्थ्य सेवा ऐन र नियमावलीमा ट्रेड यूनियन अधिकार शुनिश्चित गराइयोस ।
२) निजामती सेवा नियमावलीमा पुरस्कारको व्यवस्था भइ लागु समेत भएको तर स्वास्थ्य सेवा नियमावलिमा राम्रो काम गर्ने स्वास्थ्यकर्मीको लागि पुरस्कारको व्यवस्था भएतापनि लागु नभएकोले यथासिघ्र लागु गरियोस ।
३) पदनाम पाएका, तालिम पाएका, शैक्षिक योग्यता हासिल गरेका, अदालतले फैसला गरेका स्वास्थ्यकर्मीलाई ततकाल पदस्थापना गरियोस । ४) आ.व. २०६७।६८ को वजेटमा चौथो तहको शुरु तलव १५०००।०० कायम गुनेगरि तलवमानको व्यवस्था गरियोस । ५) स्वास्थ्यकर्मीहरुको छलफल र सहमतीमा स्वास्थ्य सेवा ऐन र नियमावली यथासिघ्र पारित गरि लागु गरियोस । ६) स्वास्थ्यकर्मीलाई यातायात भत्ता, पोशाक भत्ता, हजार्ड भत्ता, आवाश भत्ताको व्यवस्था गरियोस । ७) राष्ट्रिय स्तरमा दर्ताभएका ट्रेड युनियनहरुलाई गतिविधि संचालन गर्न मन्त्रालयमा खर्च प्रतिवेदन बुझाउने गरि एकमुष्ट वार्षिक रु दुई लाख अनुदान प्रदान गर्ने व्यवस्था मिलाइयोस । ८) निजामती सेवा ऐनको दफा ७३ र निजामती सेवा नियमावलिको नियम १३३ क मा गुनासो सुन्ने व्यवस्था भएको तर स्वास्थ्य सेवा ऐन र नियमावलीमा उक्त व्यवस्था नभएकोले तत्काल प्रत्येक निकायमा गुनासो सुन्ने व्यवस्था प्रभावकारी रुपमा कायम गरियोस । ९) समुदायमा कार्यरत महिला स्वास्थ्य स्वयम सेवकलाई मासिक पाँचसय रुपैया खाजा भत्ताको व्यवस्था गरियोस । १०) स्वदेशी तथा वैदेशिक तालिम, अध्ययन, अवलोकन भ्रमणमा सवै सेवा समुहलाई समान रुपमा पारदर्शी तरिकाले व्यवस्था गरियोस ११) विगत समयमा प्रा.स्वा.के. कै नाममा खाता संचालन भई आर्थिक कारोवार हुने गरेकोमा हाल उक्त कार्य जिल्लाबाट भएकोले पुनः प्रा.स्वा.के. बाट नै खाता संचालन गर्ने कार्य गरियोस । १२ स्वास्थ्यकर्मीहरु र परिवारहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका अस्पतालमा शुलभ तरिका बाट निशुल्क उपचार हुने व्यवस्था मिलाइयोस । १३) मन्त्रालय तथा मातहतका निकायमा प्रोटोकल बमाजिम ट्रेड युनियन शाखा वा ट्रेड युनियन हेर्ने फोकल पर्सन तोकियोस । १४) मन्त्रालय तथा मातहतका निकायमा ट्रेड यूनियनका पदाधिकारीहरुको क्षमता विकास सम्बन्धि तालिम गोष्ठिहरु संचालन गरियोस १५) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुका सवालमा विभिन्न निर्णयहरु गर्दा स्वास्थ्यकर्मीहरुको प्रतिनिधिहरुको सहभागिता अनिवार्य गर्ने व्यवस्था गरियोस ।