नेपाल
अधिराज्यभरका स्वास्थ्य सेवामा संलग्न समस्त स्वास्थ्यकर्मीहरुको पेशागत हकहित
संरक्षण र सम्बर्धन गरि स्वास्थ्य सेवालाई विषेश सेवाको रुपमा सम्मानयुक्त बनाउन र
स्वास्थ्य सेवाको क्षेत्रलाई सुदृढ, सक्षम एवं गतिशिल बनाई राष्ट्रियताको
संरक्षण गर्नुको साथसाथै लोकतान्त्रीक समाजवादको संस्थागत विकासमा समेत ठोस
योगदानको लागि स्वास्थ्यकर्मीहरुको राष्ट्रियस्तरको एक स्वतन्त्र पेशागत सघंको
स्थापना गर्न आवस्यक भएकोले स्वास्थ्य क्षेत्रमा सवै स्तर र वर्गका
स्वास्थ्यकर्मीहरु अटाउन सक्ने गरि नेपाल स्वास्थ्यकर्मी संघको स्थापना गरिएको हो
।
नेपालको
अन्तरिम संविधान २०६३ मा मौलिक अधिकार अन्तरगत श्रम सम्बन्धि अधिकारमा स्पष्टरुपमा
कानुनमा व्यवस्था भए बमोजिम प्रत्येक कामदार वा कर्मचारीलाई आफ्नो पेशागत हकहित र
रक्षाकोलागि संगठित हुने ट्रेडयूनियन खोल्ने र सामुहिक सौदावाजी गर्न पाउने उल्लेख
गरिएको छ । यहि भावना अनुसार नेपालमा विभिन्न पेशामा रहेका श्रम्रिक तथा
कर्मचारीहरुले विभिन्न ट्रेडयूनियनहरु खोली आआफ्नो पेशागत हकहितको सवालमा अभ्यास
गरिरहेको पाइन्छ । यसै सन्दर्भमा स्वाथ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुले
पनि विभिन्न नामका ट्रेडयूनियनहरु खोलेर संगठीत भएको हामि सामु जग जाहेर नै छ ।
नेपाली जनताहरुको स्वास्थ्य प्रवद्र्धन गर्न र स्वास्थ्य सुचकाङ्कहरुमा उल्लेखनीय
सुधार ल्याउनमा ठोस योगदान गर्ने स्वास्थ्यकर्मीहरुको उच्च मनोवल राख्न राज्यले
अपेक्षित भूमीका खेल्न नसक्नु, मौजुदा स्वास्थ्य ऐन तथा नियमावलीहरु
अस्पष्ट र विरोधाभास हुनु, स्तर वृद्धि, पदनाम तथा
पदस्थापन लगायतका हरेक सवालहरुमा अदालत धाउनुपर्ने वाध्यता र सरुवा तथा बढुवाको
फितलो व्यवस्थापनको कारणले गर्दा पनि स्वाथ्यकर्मीहरु आफ्नो पेशागत हकहितको
रक्षाको लागि स्वभाविक रुपमा ट्रेडयूनियन तर्फ आकर्षित भएको पाइन्छ । अर्को तर्फ
स्वास्थ्य सेवा प्रवाह गर्ने गैर सरकारी संघ सस्था तथा निजि क्षेत्रबाट संचालीत
विभिन्न अस्पतालहरुमा कार्यरत स्वास्थयकर्मीको पेशागत सुरक्षा तथा न्युनतम
पारिश्रमिक को कुनै मापडण्ड तथा सुचिश्चतता नहुनाले यी क्षेत्रहरुमा पनि
स्वास्थ्यकर्मीहरु आन्दोलित हुदै ट्रेडयूनियनमा हातेमाले गरिरहेका छन ।
२०४८
साल जेष्ठ २४ मा स्थापित नेपाल स्वास्थ्यकर्मी संघ एउटा राष्ट्रिय स्तरको ट्रेड युनियन हो र यसले
स्वास्थ्य क्षेत्रमा ट्रेड युनियनको अभ्यासमा अग्रणी भूमिका खेलीरहेको छ । प्रजातान्त्रीक
मुल्य, मान्यता र आदर्श प्रति आस्था राख्ने अधिराज्यभरका स्वास्थकर्मीहरु
संगठीत भई स्थापित यस युनियनमा सरकारी, गैरसरकारी र निजि क्षेत्रमा कार्यरत
स्वास्थ्यकर्मीहरु मात्र नभएर स्वास्थ्य सेवा संग सम्बन्धित अध्ययन वा तालिम
प्राप्त गरि रोजगारीको खोजीमा रहेका तथा स्वरोजगारमा रहेका स्वास्थ्यकर्मीहरुको
समेत आवद्धता रहेको छ । अन्य क्षेत्रका ट्रेड युनियनहरु जस्तै स्वास्थ्य क्षेत्रका
ट्रेडयुनियनहरु पनि कुनै न कुनै राजनितिक दल संग निकट रहेको पाइन्छ । यस सन्दर्भमा
नेपाल स्वास्थ्यकर्मी संघको आवद्धता नेपाल ट्रेडयुनियन काँग्रेस संग छ जुन नेपाली
काँगे्रको सुभेच्छुक संस्था हो यसैले स्वभाविक रुपमा नेपाल स्वास्थ्यकर्मी संघ पनि
नेपाली काँग्रेसको एउटा सवल सुभेच्छुक सस्था पनि हो । नेपाल स्वास्थ्यकर्मी संघले
स्थापनाकाल देखि नै ट्रेड यूनियनको अभ्यास गर्दै आएको छ । पदनाम पाएका तालिम पाएका
शैक्षिक योग्यता हासिल गरेका स्वास्थ्यकर्मीहरुको पदस्थापना गरिनुपर्ने, स्वास्थ्य
सेवा ऐन तथा नियमावलीहरुमा ट्रेडयुनियनको व्यवस्था हुनुपर्ने, स्वास्थ्य
सेवा नियमावलीमा व्यवस्था भए बमोजि स्वास्थ्य सेवा पुरस्कार वितरण गरिनुपर्ने,
स्वास्थ्यकर्मीलाई
तालिम अध्ययन तथा अवलोकनकोलागि छात्रवृतिको व्यवस्था गरिनुपर्ने, स्वास्थ्य
सस्थाहरुमा भैतिक सुविधा तथा दरबन्दि संख्या बढाउनु पर्ने लगायतका विविध आवाजहरु
उठाउदै आएको छ जुनमागहरु केहि सम्बोधन भएका छन भने केहि सम्बोधनको प्रकियामा छन ।
आदरणिय
स्वास्थ्यकर्मी साथीहरु, नेपाल
स्वास्थ्यकर्मी संघ कैलालीले यस जिल्लामा ट्रेड युनियनको अभ्यास गर्ने क्रममा
भोगेका, देखेका केहि अनुभवहरु, अवसरहरु तथा चुनौतीहरुलाई निम्न बुदागत
रुपमा सरोकारवाला सम्पुर्ण महानुभावहरुमा अवगत गराउन चाहन्छौ ।
१)
जहा ट्रेड यूनियन हुन्छ त्यहा कुनै न कुन राजनितिक दर्शन र विचार अवश्य हुन्छ । यो
विश्व भरिकै अभ्यास हो । अहिले नेपालमा
पनि राजनितिक अधिकार सहितको ट्रेड युनियनको पक्षमा आवाज वुलन्द हुदै आएको छ । हामी
स्पष्ट सँग भन्न चाहन्छौ नेपाल स्वास्थ्यकर्मी संघ, नेपाली काँगेसको
सुभेच्छुक संगठन हो । यसै गरि स्वास्थ्य क्षेत्रमा रहेका अन्य ट्रेड यूनियनहरु पनि
कुनै न कुनै राजनितिक दल संग आवद्ध अवस्य छन तर केहिले कुनै पनि राजनितिक दल संग
निकट नरहेको भ्रामक प्रचार गरि सदस्यता वितरण गरिरहेका छन यस सम्बन्धमा सोच विचार
गरेर मात्र सदस्यता ग्रहण गर्नुहुन अनुरोध गर्दछौ ।
२)
हामी सवैलाई अवगत नै छ नेपाल अति उग्र वामपन्थि सोचका साथ सृजना गरिएको ठुलो
ससस्त्र द्वन्दबाट अवतरण गर्ने क्रममा
लामो संक्रमणकालबाट गुज्रदै छ । विगतमा भोग्नुपरेको हत्या, हिंसा, आतङ्क,
डर,त्रास
र धम्कीका अवषेशहरु अहिले सम्म पनि पुर्ण रुपमा निर्मुल हुन सकेका छैनन् । यसको
नाजायज फाइदा उठाउदै उक्त राजनितिक दर्शनबाट प्रेरित ट्रेडयुनियनकर्मीहरुले कहि
कतै कसैलाई डरत्रास देखाएर वा धक्काएर वा झुठा प्रलोभन देखाएर आफ्नो दर्शन र इच्छा
विपरित सदस्यता लादिएको भएमा उक्त सदस्यता परित्याग गरि आफ्नो अन्तरआत्माले चाहेको
ट्रेड युनियनमा आवद्ध भई निर्भय पुर्वक अभ्यास गर्न अनुरोध गर्दछौ ।
३)
ट्रेडयूनियन अधिकारको अभ्यास गर्ने क्रममा आफ्नो कर्तव्यलाई पनि सिरोपर राखि हरेक
सवालहरुमा लोकतान्त्रीक मुल्य मान्यता, विधि, प्रकृया र
पद्धती भित्र रहेर स्वस्थ र सम्मानजनक गतिविधि संचालन गर्न नेपाल स्वास्थयकर्मी
संघ सदैव प्रतिवद्ध छ । केहि अन्य ट्रेडयुनियनहरुले व्यवस्थापक समक्ष सामुहिक
सौदावाजी गर्ने क्रममा आक्रमक, अभद्र र अशोभनिय रुपमा प्रस्तुत हुने
गर्दा नेपालको ट्रेडयूनियन अभियान नै बदनामित हुने गरेको छ । जसले गर्दा राज्य तथा
समाजको ट्रेडयूनियनहरुलाई हेर्ने दृष्टिकोण जे जति सम्मानजनक हुनुपर्ने थियो सो
हुन नसकेकोमा हाम्रो संगठन गहिरो चिन्ता व्यक्त गर्दछ ।
४)
सरकारी निकाय, गैर सरकारी निकाय, निजि क्षेत्र
लगायतका विभिन्न तह तप्कामा रहेर स्वाथ्य सेवा प्रवाहगर्ने स्वास्थ्यकर्मी
साथीहरुले भोक्नुपरेका पेशागत कठिनाईहरु, विभेदहरु केहि भएमा नेपाल स्वाथ्यकर्मी
संघ कैलालीलाई समयमै जानकारी गराउनहुन अनुरोध गर्दछौ । पेशागत हकहितका सवालमा
सामुहिक र संगठित आवाजको आवस्यकता प्रति हामी प्रतिवद्ध छौ ।
५)
यस जिल्लाका जनताहरुको स्वास्थ्य सेवा प्रवर्धन गर्नको लागि राज्यले संचालन गरेका
विभिन्न जनस्वास्थ्य गतिविधिहरुलाई वढी भन्दा बढि गुणस्तरीय, सर्वसुलभ
र प्रभावकारी बनाउनकोलागि आफ्नो क्षेत्रबाट सहजिकरण गर्नकोलागि नेपाल स्वाथ्यकर्मी
संघ कैलाली सदैव प्रतिवद्ध रहेको र राज्य द्वारा स्वास्थ्य क्षेत्रमा गरिएको लगानीको
सहि सदुपयोग भए नभएको सवालमा पनि त्यतीकै चनाखोका साथ अवलोकन गरिरहेको तथ्य तर्फ
पनि सम्बन्धित निकायको ध्यानकर्षण गराउन चाहनछौ ।
६)
ट्रेडयूनियन अभ्यास जहिले पनि सामुहिक र सगंठितरुपमा हुने भएकोले संगठनलाइ सवल र
गतिशिल वनाउन सम्पुर्ण सदस्यसाथीहरुको महत्वपुर्ण योगदान रहन्छ, यसैले
संगठनलाई बलियो बनाउनको लागि अमुल्य सल्लाह सुझाब तथा मार्ग दर्शन र स्वस्थ
आलोचनाहरुको यो संगठन सदैव स्वागत गर्दछ ।
धन्यवाद,
जय
नेपाल । कृष्ण गौतम
अध्यक्ष, नेपाल स्वास्थ्यकर्मी सघं, कैलाली, ९८५८४२०३३०